gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

मुसिकोट नगर प्रमुखमा एमालेबाट खरेलको नाम सिफारिस

गुल्मी, २४ चैत । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालेले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

बिहीवार वामीटक्सारमा बसेको नेकपा एमाले मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताए ।

खरेल नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिका इन्चार्ज समेत हुन् । उपप्रमुख पदमा भने कमला शर्मा, सीता भुसाल, गंगा श्रेष्ठको नाम सिफारिस गरेको छ ।

त्यस्तै नेपाली काङ्ग्रेस मुसिकोटले नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्यसमितिका सभापती मोहन घिमिरेलाइ वडा नम्बर १ पौदिअमराइको वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ भने नम्बर ४ बडागाउँले वडाका पार्टी सभापती गुप्त बहादुर कार्कीलाइ सर्वसम्मत रुपमा काङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस मुसिकोटले बताएको छ ।

यस अघि वडा नम्बर ९ अर्लाङ्गकोटमा भने कांग्रेस नेतृ भुमा गुरुङलाई काङ्ग्रेसले उम्मेदवारको जिम्मा लगाइसकेको छ ।

नगरपालिकामा अन्य पार्टीले भने उम्मेदवार छनोट गरेका छैनन् । मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D