जिल्ला समाचार

मुसिकोट नगरलाई असोज १ मा उज्यालो नगर घोषणा गरिने, यस्ता छन् तैयारी

अनिल खत्री
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकालाई यहि असोज १ गते उज्यालो नगरपालिका घोषणा गरिने भएको छ ।आइतवार बसेको बैठकले नगरकार्यपालिकाको वैठकले पदभारको १सय दिनको अवसरमा सो घोषणा गर्ने निर्णय गरेको हो ।

उज्यालो नगरपालिकाको सवै तयारी पुरा गर्न वडा नं. ९ का वडा अध्यक्ष नरेशराज खरेलको संयोजकत्वमा उज्यालो नगर उपसमितिको पनि गठन गरिएको छ । जसको सदस्यहरुमा वडा नं. ६ का अध्यक्ष खड्क वहादुर खड्का र वडा नं. २ का अध्यक्ष लक्ष्मण खत्रि रहेका छन् ।

नगर कार्यपालिकाको बैठकले यहि श्रावण २५ गते नगर परिषद्को उद्घाटन गर्ने तथा २६ गते नगरपरिषद् सम्पन्न गर्ने निर्णय गरेको छ। जसको लागी यहि श्रावण १५ गते सम्म प्रत्येक गाउँ टोल वाट योजना छनौट गर्ने, १६ र १७ मा वडा स्तरमा योजना छनौट गर्ने, १८ गते नगर वैठक वस्ने, १९, २० र २१ गते विषयगत छलफल गर्ने, २२ र २३ गते नगरकार्यपालिकाको एकिकृत वैठक वसि योजनाहरु स्वीकृत गर्ने र नगरपरिषद्मा पेश गर्ने गरि कार्ययोजना निर्माण गरिएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

बैठकले प्रत्येक वडा कार्यालयहरुलाई व्यवस्थित गराउने निर्णय गरेको छ । जसको लागि वडा कार्यालयको स्वामित्वमा जग्गा रहेको तर भवन नभएको र उपयुक्त कार्यालय भवन पाउन नसकेका वडाहरुको लागी तत्काल ३ लाख वजेटको व्यावस्था गर्ने तथा अन्य वडाको लागी १ लाख ५० हजार को व्यावस्था गर्ने निर्णय गरेको छ ।

खासगरि वडा नं. २ को मुसिकोट र वडा नं. ९ को अर्लाङ्कोटमा वडा कार्यालयको अभाव रहेकोले ट्रस्टको व्यावस्था गरेर भएपनि कार्यालय संचालन गर्न सो रकमको व्यावस्था गर्ने निर्णय गरेको छ ।

वैठकले स्थानिय तह संचालन ऐन तथा नियमावली अनुसार नगरउपप्रमुख कमला शर्माको संयोजकत्वमा ३ सदस्यिय न्यायीक समितिको गठन गरेको छ। जसको सदस्यमा वडा नं. ४ का अध्यक्ष कर्णध्वज जिसि र वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले रहनुभएको छ ।

त्यस्तै उपप्रमुख कमला शर्माकै संयोजकत्वमा राजश्व परामर्श समितिको गठन गरिएको छ। जसको सदस्यहरुमा प्रकाश काफ्ले, रेणुभारी प्रधान तथा सदस्य सचिवमा नगरपालिका कार्यालयका लेखापाल तथा पदेन सदस्यमा कार्यकारी प्रमुख रहेका छन् ।

नगरप्रमुख सोमनाथ सापकोटाको संयोजकत्वमा स्रोत व्यावस्थापन तथा योजना तर्जुमा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा उपप्रमुख कमला शर्मा, कार्यपालिका सदस्यहरु हरि छन्त्याल, सत्या जिसि, जुद्ध वहादुर विक रहनुभएको छ भने सदस्य सचिवमा कार्यकारी अधिकृत धनश्याम न्यौपाने रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D