जिल्ला समाचार

“मुसिकोट नगरमा व्यापक लापरवाही भयो, अब आन्दोलन गर्छाै”: मुनपा कांग्रेस

अनिश शर्मा गैरे
गुल्मी, १४ बैशाख । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिको आयोजनामा वामीमा अन्तरक्रिर्या तथा नवबर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

रुद्रावती बहुमुखी क्याम्पसको हलमा सम्पन्न भएको कार्यक्रममा नव बर्षको शुभकामना आदानप्रदान सँगै भवन निर्माणको लागि आर्थिक समिति तथा मुल समितिलाइ अनुमोदन गराइएको छ । माधव खरेलको अध्यक्षतामा आर्थिक समिति गठन गरीएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व जिल्ला सचिब हरिनारायण सापकोटाले मुसिकोट नगरपालिकाले गरीरहेका बिभिन्न गतिविधिहरुप्रति आपित्ती जनाउँदै खेद प्रस्ताव पेश गरेका थिए ।

सो अवसरमा काँग्रेसले मुसिकोट नगरपालिकाले गरीरहेका बिभिन्न क्रियाकलापहरु निकै आपत्तीजनक रहेको भन्दै तत्काल ती क्रियाकलापहरु सच्चाउन माग गरीएको छ ।

नगरपालिकाले गरेका काममा सच्चाउन गरीएको आग्रहलाइ बेवास्ता गरीएको, गत चैत्र २८ मा मुसिकोट नगरपालिका १ मा पुर्व सासंद रुद्रमणी भण्डारी सहित ३ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाको कारण कमजोर सडक भएको र ती दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति नगरपालिकाले समवेदना प्रकट नगरेको भन्दै खेद प्रकट गरेको छ । साथै सो दुर्घटनाको बिषयमा छानविन गरी सडकको स्तरवृद्धि गर्न माग गरीएको छ ।

नगरपालिकाले ९० जना कामदार राखेको तर सडक सुधार कत्तिपनि नभएको, विद्यालयमा राजनैतिक व्यवहार गरी शिक्षक सरुवा गरीएको, नगर भित्रका सामुदायिक विद्यालयमा पनि चर्काे शुल्क लिइ भइरहेको अध्ययन अध्यापनमा ध्यान नदिएको, विद्यालयका कर्मचारीहरुमा श्रम शोषण गरीएको, कक्षा ८ को परीक्षा सञ्चालनमा गम्भीर त्रुटि भएको तथा नगरपालिकाको शैक्षिक क्षेत्र लथालिङ्ग पारीएको आरोप लगाइएको छ ।

काँडेबास – अर्लाङ्कोट – वामीटक्सार–सडकलाइ कालोपत्रे गर्न पहल गर्न आग्रह गर्दै बैशाख १ गते झँेदीमा भाँचिएको पुल बन्दै गर्दा नगरपालिकाले अनुगमन नगरेको कारण क्षती भएको, अपाङ्गता परिचय पत्र बितरणमा पनि कमजोरी गर्दै अपाङ्गता भएका ब्यक्तिहरुले खाइपाइ आएको भत्ता रोक्ने काम गरेको, उपभोक्ता समितिहरुमा एकलौटी गरीएको, दैविप्रकोप पीडितमा पनि राजनैतिक व्यवहार गरीएको तथा नक्कली लाभग्राही सिर्जना गरीएको, दजाकोटमा हाल भइरहेको महामारी नियन्त्रणमा नगरपालिकाले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको, खानेपानी, सडक निर्माण लगायतमा पनि धाँधली गरीएको तथा समग्रहमा अनियमितता र भ्रष्ट्राचार भएको आरोप काँग्रेसले लगाएको छ । यी बिषयमा नगरपालिका नसच्चिएमा केही समय पछि आन्दोलन गर्ने चेतावनी पनि काँग्रेसले दिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सचिब बिष्णुकुमारी सापकोटाले अब काँग्र्रेस एक भएर अघि बढ्ने र हाल सरकारले गरीरहेको दमनको प्रतिवाद गर्ने बताइन् । धेरै क्षेत्रमा अनियमितता र भ्रष्ट्राचार बढेको भन्दै उनले गरीबको घरमा सरकार पुग्न नसकेको बताइन् ।

कार्यक्रममा नेता माधव खरेल लगायतले बोलेका थिए भने उपस्थितले आफ्नो परिचय सहित नवबर्षको शुभकामना मन्तब्य दिएको थिए । नगरसंयोजक सुदर्शन शाक्यले समापन मन्तब्य राखेको कार्यक्रमको सञ्चिालन नगरसचिब मोहन घिमिरेले गरेका थिए ।
गत सात गर्ने गर्ने भनिएको कार्यक्रम काँग्रेसका नेता तथा पुर्व सासंद रुद्रमणी भण्डारीको गाडी दुर्घटनामा परी निधन भएको कारण स्थगन गरीएको थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D