अनिश शर्मा गैरे
गुल्मी, २३ असार । गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिकाको यातायात सुविधाको लागि ५० लाख बराबरको नयाँ गाडी खरीद गरेको छ ।
यस भन्दा अघि मासिक एक लाख रुपैया भाडा तिर्दै लिइएको गाडीको सम्झौता यसै महिनाबाट समाप्त हुने भएपछि आफ्नो कार्यसञ्चालनको लागि यातायात सुविधा स्वरुप रुपन्देहीबाट नया स्कर्पीयो गाडी किनेको हो ।
रुपन्देही डिलरबाट खरीद गरीएको नया गाडीको मुल्य ४९ लाख ६० हजार रहेको नगरपालिकाका लेखापाल नारायण प्रसाद भट्टराइले जानकारी दिए ।
यस भन्दा अघि नगरपालिकाले प्रयोग गरेको गाडीलाइ मात्र नगरले १० लाख बढी रकम खर्च गरीसकेको छ ।
नगरपालिकाको काम गर्ने शिलशिलामा नगरभित्र तथा बाहिर बिभिन्न समयमा गइरहनुृपर्ने भएको कारण गाडी खरीद गरीएको बताइएको छ । गाडी खरीदमा मुसिकोट नगरपालिका सम्भवत गुल्मीमा पहिलो स्थानीय तह बनेको छ ।