मुसिकोट नगरपालिकाले किन्यो ५० लाख रुपैँयाको स्कर्पीयो गाडी

अनिश शर्मा गैरे
गुल्मी, २३ असार । गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिकाको यातायात सुविधाको लागि ५० लाख बराबरको नयाँ गाडी खरीद गरेको छ ।

यस भन्दा अघि मासिक एक लाख रुपैया भाडा तिर्दै लिइएको गाडीको सम्झौता यसै महिनाबाट समाप्त हुने भएपछि आफ्नो कार्यसञ्चालनको लागि यातायात सुविधा स्वरुप रुपन्देहीबाट नया स्कर्पीयो गाडी किनेको हो ।

रुपन्देही डिलरबाट खरीद गरीएको नया गाडीको मुल्य ४९ लाख ६० हजार रहेको नगरपालिकाका लेखापाल नारायण प्रसाद भट्टराइले जानकारी दिए ।
यस भन्दा अघि नगरपालिकाले प्रयोग गरेको गाडीलाइ मात्र नगरले १० लाख बढी रकम खर्च गरीसकेको छ ।

नगरपालिकाको काम गर्ने शिलशिलामा नगरभित्र तथा बाहिर बिभिन्न समयमा गइरहनुृपर्ने भएको कारण गाडी खरीद गरीएको बताइएको छ । गाडी खरीदमा मुसिकोट नगरपालिका सम्भवत गुल्मीमा पहिलो स्थानीय तह बनेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ