जिल्ला समाचार

मुसिकोट नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत

कमल पौडेल

१९ कार्तिक, वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिकामा एक कार्यक्रमका विच प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाललाई स्वागत गरिएको छ। अर्घाखाँचिको छत्रदेव गाउँपालिकाबाट सरुवा भई मुसिकोट नगरपालिकामा आउनुभएका प्रमुख प्रशासकिय अधिकृत भुसाललाई स्वागत गरिएको हो।

सो स्वागत कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटाले जनप्रतिनिधिले नितिगत निर्णय गर्ने र कार्यान्वयनमा लैजानेकाम कर्मचारीको भएको भन्दै खास काम सम्पन्न गर्न निर्माण कम्पनी÷व्यवसायीको समेत महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। निर्माण व्यवसायी, कम्पनी तथा कर्मचारीहरुले गरेको कार्यसम्पादनको जसअपजसको भागिदार जनप्रतिनिधि हुनुपर्ने भन्दै कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध् नङ र मासु जस्तै हुने बताउनु भएको छ।

सो कार्यक्रममा धन्यवाद व्यक्त गर्दै नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले विकासलाई सापेक्षित रुपमा हेर्नुपर्ने बताउनु भएको छ। स्थानिय सरकारको अहिलेको प्राथमिकता दिगोविकास लक्ष्यलाई आन्तरीकिकरण गर्ने भएको भन्दै सोहि अनुरुप योजनाहरुको विकास गर्दै समृद्ध नेपाल, सुखि नेपालीको लक्ष्य हासिल लाग्नुपर्ने बताउनु भएको छ। भुसालले वर्तमान परिवेशमा सुचना प्रविधि संग जोडिएको र परिवर्तित समाजले महसुस गर्ने गरि कर्मचारी, जनप्रतिनिधिहरुले सेवा प्रवाह गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै जनप्रतिनिधिहरुसंगको समन्वयमा चुस्त सेवाको लागि कर्मचारीको टिम परिचालनहुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। सो स्वागत कार्यक्रमको सञ्चालन प्रशासन शाखाका अधिकृत प्रकाश घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख कमला शर्मा, वडाअध्यक्ष कार्यपालिका सदस्य तथा नगरपालिका भित्रका सवै शाखाका शाखा प्रमुख सहितका कर्मचारीहरुको सहभागिता रहेको थियो।

विगत २ वर्षदेखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत नवराज भण्डारीको गृह मन्त्रालयमा सरुवा भएपछि भुसाल सो जिम्मेवारीमा आउनुभएको हो।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D