कोरोनाजिल्ला समाचार

मुसिकोट नगरपालिकामा आज एकै दिन १६ जनामा कोरोना सक्रंमण पुष्टी

सागर भण्डारी
मुसिकोट, १७ बैशाख । नगरपालिकामा आज एकै दिन १६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको २१ जनाको ऐन्टिजेन परिक्षणमा १६ जनामा पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

सक्रंमितहरु वडा नं ७ र ८ का रहेका छन् । सक्रंमण देखिएकाहरु मध्ये ४ जना नगरपालिकामा कार्यरत कर्मचारी, १ जना जनप्रतिनिधि ५ जना वडा नं ८ का स्थानीय र बाँकी वडा नं ७ का रहेको उहाँले बताउनुभयो । सक्रंमितहरु ४ देखि ५० वर्ष उमेर समुहका रहेका छन् । उनीहरुमा रुघाखोकी,ज्वरो लगायतका स्वास्थ्य समस्या भएपछि चेक गर्दा एन्टिजेन पोेजेटिभ देखिएको हो ।
सक्रंमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले होम आईसोलेसनमा रहेको जिसीले जानकारी दिनुभयो । उनीहरु सबै स्थानीय नै रहेको र कोही पनि बाहिरबाट आएको नभई घरमै बस्दा सक्रंमण देखिएको बताईएको छ । यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३५ पुगेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D