मुसिकोट नगरपालिकाको प्रबृत्ती अधिनायकवाद उन्मुख छ, शिक्षा समितीमा एकलौटी: नेपाल शिक्षक संघ मुसिकोट

अनिश शर्मा गैरे
गुल्मी, माघ १४ । केही दिन अघि मात्रै नगरपालिकाले गठन गरेको नगर शिक्षा समिति र शिक्षक छनौट समिति प्रति नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ मुसिकोट नगर कार्य समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै नगरप्रमुखलाइ ज्ञापनपत्र बुझाएको छ । शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीतिक रङ्ग मिसाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा नगरपालिकाले अवरोध सिर्जना गरेको र यस्तो निर्णयले नगरपालिका भित्रको शिक्षा प्रणालीलाइ तहसनहस पार्ने सो ज्ञापनपत्रमा भनिएको छ ।

‘नगरपालिकाले शिक्षा क्षेत्रमा दुरगामी महत्वका निर्णयहरु गर्दा नेपाल शिक्षक संघका प्रतिनिधिलाइ खबर समेत नगर्ने मुसिकोट नगरपालिकाको प्रबृति आफैमा अधिनायकवाद उन्मुख छ भन्ने हाम्रो ठहर छ’ बिज्ञप्तीमा भनिएको छ ।

नेपाल शिक्षक संघ मुसिकोट नगरकार्य समितिका सभापति डिल्लीराख खरेलले शिक्षा समिति र परीक्षा छनौट समितिलाइ सर्वपक्षीय बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको एक हप्ता सम्म निर्णय संशोधन नभएका चरणबद्ध बिरोध र आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने बताए । संघले नगरपालिका भित्र राजनैतिक आस्थाको आधारमा नभइ योग्यता र क्षमताको आधारमा शिक्षक छनौट गर्नुपर्ने माग गरेको छ ।

देशमा नया शिक्षा ऐन निर्माणको बिषय प्रारम्भ भइनसकेको र प्रादेशिक संसदले पनि यसबारे कुनै ठोस निर्णय गर्न बाँकी रहेको समयमा नगरपालिकाले हतारमा एकपक्षीय ढंगले निर्णय गर्नु आफैमा विवादास्पद कुरा भएको बिज्ञप्तीमा उल्लेख छ । नगरपालिकाले केही दिन अघि मात्रै नगरप्रमुखको अध्यक्षतामा शिक्षा समिति र तथा रमेशचन्द्र खेलको अध्यक्षतामा शिक्षक छनौट समिति गठन गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ