जिल्ला समाचार

मुसिकोट नगरपालिकाको कृषी रणनिती : सीप, प्रविधी, अनुदान र क्रृण

टोपलाल अर्याल
गुल्मी, २ फागुन। नेपालमा सवैभन्दा बढी रेमिट्यान्स भित्राउने जिल्ला मध्येमा गुल्मी पनि पर्दछ । अहिले गाउँका धेरै मलिला खेतवारीमा दुमपाती उम्रिएका छन् । युवाहरु परदेश, बुहारी बजार । जसका कारण गाउँघरहरु र वृद्ध बा आमा दैनिक एक्लिदै गएका छन् । सोहि कुरालाई मध्ये नगर गर्दै गुल्मीको मुसिकोट नगरपालिकाले कृषीमा आधुनिकीकरण ल्याउन नयाँ योजना अगाडी सारेको छ ।

????????????????????????????????????

एक सय कफीका बोट रोपे १० हजार अनुदान

मुसिकोट नगरपालिकाले युवाहरुलाई कृषीमा आकर्षित गर्न सीप, प्रविधी, अनुदान र क्रृण भन्ने अभियान संचालन गरेको छ । जस अन्तरगत एक सय कफीका बिरुरो रोप्ने कृषकलाई दश हजार अनुदान दिने व्यावस्था नगरपालिकाले गरेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । ‘कृषकहरुलाई विभिन्न तालिम भैरहेका छन्, पहिले हामी सीप सिकाउँछौ,’उनले भने,‘ त्यस पछि प्रविधी तथा अनुदान दिने र आवश्यक परे क्रृण दिन्छौ ।’त्यस्तै नगरपालिकाले कृषी औजार खरिद गर्दा ५० प्रतिशत अनुदान दिने व्यावस्था गरेको छ । व्यावसायीक किसानहरुलाई हाते ट्याक्टर बितरण, करेसाबारी कार्यक्रम अन्तरगत किसानलाई मल बिउमा अनुदान, गाई भैसीमा कृतिम गर्भाधानको व्यावस्था शुरु गरेको मेयर सापकोटाले बताए ।

उज्यालो नगरपालिका अभियान

मुसिकोट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले शपथ खाएको सय दिन भित्रमा नगरपालिका लाइ उज्यालो नगरपालिका घोषणा गर्ने पहिलो प्रतिबद्धता जनाएका थिए । काम सकिए पनि प्रदेश र प्रतिनिधि सभाको चुनावको आचारसंहिताले घोषणा गर्न नसकिएको मेयर सापकोटाले बताए । स्थानीय तहको निर्वाचन अघि मुसिकोट नगरपालिकाका तीन सय ९९ घर धुरी अध्याँरोमा थिए । उनले केन्द्रिय, सामुदायिक तथा लघु जलबिद्युत र सोलार मार्फत ती सवै घरहरुमा उज्यालो पु¥याउने काम गरिएको बताए । स्वय लाभग्राहि परिवारहरुले नै कुनै सक्रियता नदेखाएका कारण नगन्य घरहरुमा प्राविधिक काम मात्र बाँकी रहेको सापकोटाले बताए । अव नगरपालिकाका कुनै पनि घर अध्याँरोमा नरहेको उनको भनाइ छ ।

‘एक घर एक धारा’ कार्यान्वयनमा

मुसिकोट नगरपालिकाले यो बर्षबाट नै एक घर एक धारा अभियानलाई तिव्रता दिइरहेको छ । यो बर्षको अन्त्यसम्मका नगरपालिकाका एक हजार घरहरुमा पानीको सुविधा पुग्ने गरि काम धेरै अगाडी बढि सकेको नगरपालिका प्रमुख प्रसासकिय अधिकृत घनश्याम न्यौपानेले बताए । जसका लागि छोरेधार–बाङ्गे खानेपानी योजना, जलुके सोरेपाटा खानेपानी योजना, ठुला पधेँरा–दासीकोट खानेपानी योजना र भुवाचिदी–बेल्टारी खानेपानी योजना संचालनमा छन् । यी चार योजनाबाट छ सय ३७ घरलाई खानेपानीको सहज आपुर्ति हुने अधिकृत न्यौपानीले बताए । त्यस्तै ३२ घर लाभाम्बित हुने बुनाकाखरी–उर्लेनी खानेपानी सम्पन्न भैसकेको छ । भने जिल्ला खानेपानी कार्यालय, नगरपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाबाटएउटा तीन वटा लिफ्ट खानेपानी तथा ३०÷७० का पाँच र ५०÷५० का दुई सहित अन्य धेरै योजना संचालनमा रहेको न्यौपानेले बताए ।

१० वटा ऐन नियम र कार्यविधी पास

मुसिकोट नगरपालिका एउटा नगरसभा र १३ कार्यपालिका बैठक सम्पन्न गरेको छ । भने १० वटा ऐन, नियम र कार्यविधी पास गरेको छ । नगरपालिकाले अहिले सम्म पदाधिकारी आचारसंहिता, नगर कार्यपालिका कार्यबिभाजन नियमावली, नगरसभा सञ्चालन नियमावली, नगरसभा कार्य सम्पादन नियमावली, नगरकार्यपालिका बैठक सञ्चालन कार्यविधी, विनियोजन ऐन, आर्थिक बिधेयक, आर्थिक कार्यविधि नियमित र ब्यावस्थित गर्ने कानुन, बस्ती बिकास कार्यक्रम कार्यान्वयन कार्यविधि तथा शिक्षा नियमावली लगायतका १० नियमावलीहरु पारीत गरेको छ । मेयर सोमनाथ सापकोटाले अहिलेसम्म यी कानुनको अधिनमा रहेर काम भइरहेकाले अरु धेरै कानुनहरुको ड्राफ्ट भैरहेकाले फागुनको अन्तिम साता बस्ने नगरसभा बैठकबाट पास गराउने बताए ।

सात महिनामा २२ प्रतिशत बजेट खर्च

नगरपालिकाको बार्षिक स्विकृत बजेट ४१ करोड ४३ लाख ७४ हजार आठ सय ४७ रुपैयाँ हो । बजेट बिनियोजन भएको सात महिनामा जम्मा बजेटको करिब २२ प्रतिशत अर्थात आठ करोड ७७ लाख १७ हजार पाँच सय ९३ रुपैया ५७ पैसा खर्च भएको नगरपालिकाका नायव सुब्बा नवराज शर्माले बताए । उनले सात महिनामा ४० प्रतिशत काम सम्पन्न गरेको भएपनि जम्मा २२ प्रतिशत रकम मात्र भुक्तानी भएको जानकारी दिए । यो बिचमा काम सम्पन्न भएपनि धेरैको भुक्तानी दिन बाँकी रहेकाले फागुन मसान्तसम्ममा ४५देखि ५० प्रतिशत बजेट खर्च हुने बताए । नगरपालिकाको चैत्र मसान्तसम्म ६० प्रतिशत र असार मसान्तसम्म ४० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य भएकाले सोहि अनुसार काम हुने उनले बताए । ‘आर्थिक बर्षको अन्त्य तिर मात्र रकम खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्दैछौ,’मेयर सापकोटाले भने,‘चुनावको आचासंहिताले केहि ढिलाई भएपनि लक्ष्य भेट्उँछौ ।’ नगरपालिकामा यो अवधीमा एक लाख भन्दा माथीका एक सय ५८ योजना सम्झौता भएका छन् । जसमा ९९ योजनाको भुक्तानी भैसकेको छ ।

नगरपालिकामा २१ बाल शिक्षा र ४ बर्थिङ्ग थप

बिद्यालय संचालनमा रहेका तर बाल शिक्षा नभएका २१ बिद्यालयमा यो बर्षदेखि बाल शिक्षा संचालनमा ल्याएको छ । अव नगरपालिकाका सवै बिद्यालयमा बाल शिक्षा कक्षा संचालन भएका छन् । भने शुन्य दरबन्दी भएका विद्यालयमा पिसिएफको व्यावस्था गरिएको नगरपालिकाले जनाएको छ । साथै प्रत्येक वडामा खेल मैदान बाल उद्यान निर्माणको काम पनि अगाडी बढिरहेको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत घनश्याम न्यौपानेले बताए । त्यस्तै नगरपालिका भित्र पाँच वटा एम्बुलेन्स संचालनमा ल्याइएको छ । भने नगरपालिकाले चार वटा बर्थिङ्ग सेन्टर थप गरेको छ । जसमा सेलार सहित सुविधा सम्पपन्न आधुनिक डेलिभर चियर प्रदान गरिएको न्यौपानेले बताए । त्यस्तै आँखा उपचार केन्द्रमा नगरपालिकाको तर्फबाट एउटा दरबन्दी थप गरिएको उनले बताए । मुसिकोट नगरपालिका भित्र रहेका सात सय २४ जना भुकम्प पीडित मध्ये हालसम्म छ सय ९८ जनाको घर निर्माणको सम्झौता भइसकेको छ । जस मध्ये पाँच सय २६ ले पहिलो किस्ता बापतको रकम लिएको र २२ जनालाई दोस्रो किस्ताको सिफारिस भएको पनि नगरपालिकाले जनाएको छ ।

कर्मचारी अभाव, ८ शाखा अधिकृत नै छैनन्

नगरपालिकामा अहिलेसम्म उपसचिब एक जना, शाखा अधिकृत आठ जना, इन्जिनियर दुई जना, लेखापाल एक जना, नासु १४ जना, सब इन्जिनियर एक जना, असिसटेन्ट इन्जिनियर एक जना, खरिदार दुई जना, कम्प्युटर अपरेटर एक जना र बाँकी कार्यालय सहायक र कार्यालय सहयोगी गरी ५४ जनाको दरबन्दी हो । तर ३४ जना मात्रै कर्मचारी नगरपालिकामा छन् । आठ जना शाखा अधिकृत नै छैनन् । जसका कारण कार्यसम्पादनमा समस्या भइरहेको मेयर सोमनाथ सापकोटाले बताए । ‘एउटा अधिकृत नै छैनन, वडा पनि गाविस सहायक र अध्यक्षको भरमा छन्,’उनले भने,‘स्थानीय सरकार भन्ने न कर्मचारी न अधिकार ।’
फोटो ः पत्रकार सम्मेलनको आयोजना गरेर मुसिकोट नगरपालिका अहिलेसम्मका गतिविधी सार्वजनिक गर्दै मेयर सोमनाथ सापकोटा ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D