जिल्ला समाचार

मुसिकोटमा तीन दिन नागरिकता बितरण गरीने

अनिश शर्मा गैरे
गुल्मी । मुसिकोट नगरपालिकामा यहि श्रावण २८ २९ र ३० गते नागरिकता टोली आउने भएको छ । नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार सदरमुकाम पुगी नागरिकता वनाउन वर्षाको समयमा असहज भएकोले नगरपालिकामै तिन दिने शिविर राखिएको हो । मतदाता नामावली संकलन कार्यलाई समेत मध्यनजर गरेर नागरिकता वितरण गर्न लागीएको हो ।

नागरिकता प्रमाणपत्र नभएका, १६ वर्ष उमेर पुगेका मुसिकोट नगरपालिका भित्रका नागरिकलाई केन्द्र वामी टक्सारमा पुगी नागरिकता वनाउन नगरपालिका कार्यालयले अनुरोध गरेको छ । त्यस्तै १८ वर्ष उमेर पुगेका नागरिकहरुको लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य नगरपालिका केन्द्र वामीमा चलिरहेको छ ।

जनताहरुको माग अनुसार मतदाता नामवली दर्ता र नागरीकता बितरणलाइ एकैपटक ब्यबस्था गर्न सो पहल गरीएको नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो । उहँँले सबै मुसिकोट बासीलाइ उक्त तीन दिनमा नागरीकता लिन र नामावली दर्ता गर्न आग्रह गर्नुभएको छ ।

उता बाग्लुङ्गको बडिगाड गाँउपालिकामा पनि आजबाट नागरीकता बितरण सुरु गरीएको छ । आज पहिलो दिन ४६ जनाले नागरीकता लिएका छन । जसमध्ये महिला २८ जना तथा पुरुष १८ जना रहेको कार्यकारी अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो । भोली बिहान ६ बजेबाट नै नागरीकता बितरणको कार्यक्रम राखीएको समेत उहाँले जानकारी दिनुभएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D