कोरोनाजिल्ला समाचार

मुसिकोटमा आज एकै दिन १९ जनाको आरडिटी पोजेटिभ

सागर भण्डारी
गुल्मी, जेठ २६ । गुल्मीको मुसिकोट नगरपालिकाले नगरभित्र विभिन्न क्वारेन्टाइनमा बसेका १ सय ४ जनाको आरडिटी परिक्षण गरेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेकाहरुको आरडिटी परिक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभएको छ ।

१ सय ४ जनाको आरडिटी परिक्षण गरिएकोमा १९ जनाको रिपोर्ट पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । वडा नं १ मा १ जनाको परिक्षण गरिएको नेगेटिभ नतिजा आएको छ त्यस्तै, वडा नं २ मा १२ जनाको परिक्षण गरिएको सबैको नेगेटिभ, वडा नं ३ मा २० जनाको नगेटिभ नतिजा आएको र १३ जनाको पोजेटिभ देखिएको बताईएको छ । वडा नं ४ का १४ जनाको आरडिटी परिक्षणमा १२ जनाको नतिजा नेगेटिभ आएको छ भने २ जनाको पोजेटिभ आएको छ ।

वडा नं ५ मा ३ जनाको परिक्षण गरिएको सबैको नेगेटिभ, वडा नं ६ का ४ जनाको परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । भने वडा नं ७ का ४ जनाको परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको र वडा नं ८ मा २३ जनाको परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको छ भने वडा नं ९ मा १० जनाको आरडिटी परिक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

आरडिटी पोजेटिभ देखिएकाहरुलाई पीसीआर परिक्षणका लागि नगरपालिकाले नै स्वाव सकंलनको तैयारी थालेको छ । आरडिटी पोजेटिभ देखिनेको संख्या बढ्दै गएकाले भोलि तम्घासबाट स्वाव सकंलनका लागि आवश्यक पर्ने भिटिएम ल्याएर नगरपालिकामै स्वाव सकंलनको तैयारी थालिएको छ । भोलि भिडिएम आउने र लगत्तै नगरपालिकाको क्वारेन्टाईनमा रहेका र आरडिटी पोजेटिभ देखिएकाहरुको स्वाव सकंलन गरिने स्वास्थ्य सयोंजक जिसीले जानकारी दिनुभएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker