जिल्ला समाचार

मुसिकोटको आँपचौरमा स्थापना भयो वर्थिङ्ग सेन्टर

प्रेम सुनार

आँपचौर, फाल्गुन–१० । गुल्मीको मुसिकोट नगरपालिका र जिल्ल्ला जनस्वास्थ्य कार्र्यालयको समन्व्यमा त्यस नगरपालिकाको वडा नम्वर ५ आँपचौर स्वास्थ्य केन्द्रमा वर्थिङ्ग सेन्टर स्थापना गरिएको छ । वर्थिङ्ग सेन्टरको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले एक समारोहका विच उद्घाटन गरेका हुुन ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दैै मेयर सापकोटाले त्यस सेन्टरमा ल्यावको सुविधा नगरपालिकाले उपलव्ध गराने प्रतिबद्धता जनाएका थिए । सो पालिकाले दुई वटा वेड समेत उपलव्ध गरार्ई सकेको छ । त्यस्तै उपकरणहरु जापानकमा कार्यरत आँपचौरवासीले उपलवध गराईएको जनाईएको छ ।

सापकोटाले भविश्यमा सवै वडा स्तर सम्म वर्थिङ्ग सेन्टर स्थापना गर्ने लक्ष्य रहे्को बताउँदै हाल वडागाउँ स्वास्थ्य केन्द्र, वामी, कुर्घा र आँपचौरमा स्थापना भई सकेको र अवको प्राथामिकता पौदी अमराईमा रहेको जानकारी दिए ।

समयमा प्रशुति सेवा नपाउँदा गर्भपति महिलाहरुको ज्यान समेत जाने खतरालार्ई दृष्टिगत गरी सहज प्रशुति सेवा उपलव्ध गराउन नगरपालिका गम्भीर रहेको मेयर सापकोटाको भनाई छ ।

कार्यक्रममा उप–मेयर कमला शर्मा, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम , जिल्ला जनस्वास्थ्य कायालय प्रमुख उत्तम कोईरादला , स्वास्थ्य केन्द्र व्यवस्थापन समतिका पुर्र्व पदाधिकारी युवराज खरेल , महिला प्रतिनिधी मिना जिसी, समाज सेवी दुर्गादत्त खरेल , वर्थिङ्ग सेन्टरका कर्मचारी सुमन शर्मा लगायतले मन्तव्य राखेका थिए ।

मुसिकोट नगरपालिका वडा नम्वर–५ आँपचौरका वडाध्यक्ष भागिरथ खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष गोविन्द खरेलको स्वागत मन्तव्य र चौकी प्रमुख अहेव माधव घिमिरेको सञ्चालन रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D