जिल्ला समाचार

मुनपाले अबको एक महिनामा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने, फोहरलाई मोहर बनाउने तैयारी

अनिश शर्मा गैरे
गुल्मी । मुसिकोट नगरपालिकालाइ स्वच्छ र सरसफाइ युक्त बनाउनेको निम्ती पहल सुरु भएको छ ।

आज वामीमा वडाध्यक्ष प्रकाश काफ्ले सहित जनप्रतिनिधि, बुद्धिजिवि, समाजसेवीहरुको भेलाले वडास्तरीय सरसफाइ तथा स्वच्छ वातावरण प्रवद्र्धन उपभोक्ता समिति गठन गरी नगरक्षेत्रलाइ स्वच्छ र सफा बनाउने अभियान सुरु भएको हो ।

गोपीकृष्ण खरेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा श्रीकृष्ण सापकोटा, सचिबमा फुल प्रसाद सापकोटा, कोषाध्यक्षमा सर्मिष्ठा शाक्य रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा चन्द्र बहादुर कमाी, लिलाकान्त सापकोटा, सर्मिला राना, राजन सापकोटा, गोपाल सापकोटा, पुतली सापकोटा, टोपनारायण शाक्य, मैना कक्षपति, मायादेवी खराल, तोयनाथ खराल र सुन्दर प्रधान रहेका छन् ।

समितिलाइ नगरपालिकाले सरसफाइ सम्बन्धी अधिकार र जिम्मेवारी प्रदान गरेको छ । सो समितिले नगरपालिकाले भनेअनुसारको फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने छ ।

कुहिने र नकुहिने फोहोरलाइ छुट्टाछ्ट्टै स्थानमा ब्यबस्थापन गर्ने गरी अबको एक महिना भित्रमा फोहोर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सो केन्द्र स्थापनाको लागि मुसिकोट नगरपालिकाले १२ लाख रुपैया विनियोजन गरेको छ । ट्रसको प्रयोग गरी फरकफरक टहराहरुमा गल्ने, जलाउने र नसड्ने फोहोरलाइ राखी गल्नेलाइ मल बनाउने, जल्ने फोहोरलाइ जलाउने तथा पुन प्रयोग गराउने सँगे नसड्ने फोहोरलाइ ब्यबस्थित गरीने भएको छ । फोहोर प्रशोधन केन्द्र स्थापनाको लागि हालको बिद्यमान बसपार्क भन्दा केही तलपट्टि जग्गा भाडामा पनि लिइएको छ ।

फोहरलाई मोहर बनाईने

मुसिकोट नगरपालिकाले नगरपालिकाका बिभिन्न क्षेत्रहरुबाट संकलित फोहरलाई मोहरमा परिणत गर्ने रणनिती अपनाउने भएको छ । जसअनुरुप संकलित कुहिने फोहोरलाइ प्राङगारीक मल बनाइ बिक्री पनि गरीने भएको छ ।

त्यसैगरी नगरपालिकाले २ वटा ट्रयाक्टर खरीद गर्ने भएको छ । एउटा बजारको फोहोर संकलनको लागि प्रयोग गरीने र अर्काे ट्रयाक्टर मुनपा १, २ , ३ र ४ को लागि प्रयोग हुने उपभोक्ता समितिका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिए ।

सो ट्रयाक्टरले मुनपा ७ हाँडीखोला देखी तल्लाफाँट सम्मको सडकमा पानी छ्याप्ने काम गरी सडकको धुलो नियन्त्रण गर्ने भएको छ । केही हप्ता अघि सुरु भएको पानी छ्याप्ने कार्यक्रम नगरपालिकाको आफ्नै ट्रयाक्टर नभएको र अन्य केही समस्याको कारण केही दिनमै रोकिएको थियो भने अब केही दिनमै सुरु यही समिति मार्फत सुरु हुने भएको छ । यस समितिले वातावरण स्वच्छ, सफा राख्न, खानेपानी, फोहोरमैला ब्यबस्थापन गर्ने लगायतका काम गर्ने र फोहोर ंसंकलन गरीवापत प्रति घरबाट ५० रुपैया र प्रति ब्यबसायीक पसल होटलबाट १०० रुपैया शुल्क लिने निर्णय पनि भएको खरेलले बताए ।

सुरुमा बजार क्षेत्रमा फोहोर फाल्ने ब्यक्ति तथा परिवारलाइ सुझाब दिइने तथा अटेर गरेको खण्डमा कारवाहीको प्रक्रियामा अघि बढ्दै अस्तब्यस्त रुपमा फालिने फोहोरलाइ पुर्णत रोक लगाइने समितिका सचिब फुल प्रसाद सापकोटाले बताए ।
यस अभियानमा साथ दिनको निम्ती सबै ब्यक्ति तथा परिवारलाइ आग्रह गर्दै आफु, परिवार र समाजको स्वास्थ्य स्थिती सुधारमा सहयोग गर्न पनि सापकोटाले आग्रह गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D