जिल्ला समाचार

मुख्यमन्त्री पोख्रेलद्वारा गुल्मीमा सिसिटिभी नियन्त्रण कक्षको उद्घाटन, प्रविधिको सही सदुपयोग गर्न प्रहरीलाई निर्देशन

टोपलाल अर्याल
गुल्मी, १० भदौ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जिल्ला प्रहरी कार्यालयको सिसि टिभी नियन्त्रण कक्षको उद्घाटन गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा आठ वटा सिसि टिभी क्यामेरा जडान गरिएको छ ।

कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रविधीको सहि प्रयोग गर्न प्रहरीलाई निर्देशन दिए । उनले प्रदेश सरकारले ट्राफिक व्यावस्थापनसंगै अपराध न्यूनिकरणको लागि यो कार्यक्रम ११ जिल्लामा सम्पन्न गरेको बताए । साथै यो बर्ष पनि सिसि टिभी जडानको कार्यक्रम रहेको जानकारी दिए । पोख्रेलले यो प्रविधिले सुरक्षा, सुशासन, तथ्य प्रमाण संकलन एवं जनशक्ति व्यावस्थापनमा समेत महत्वपूर्ण सहयोग हुने बताए ।

अहिले संवेदनसशिल तम्घास बजारका २५ स्थानमा सिसि टिभी क्यामेरा आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए । उनले यो प्रविधीको प्रयोगसंगै रात र दिउँसोमा बजारका धेरै गतिविधी प्रहरीको नियन्त्रणमा रहेकाले अझै प्रभावकारी बनाउन सिसि टिभी अझै आवश्यक रहेको बताए । सोहि अवसरमा प्रहरी प्रमुख बस्नेतले जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराएका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D