जिल्ला समाचार

मुख्यमन्त्री पोखरेलद्धारा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न आग्रह

अनिल खत्री
७ साउन, गुल्मी । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ को ठूलो लुम्पेक र सिन्धी तथा वडा नम्बर ४ को लिम्घामा अविरल वर्षासगैं गएको पहिरोमा परी नौ जनाको मृत्यु भएकाहरु प्रति दुख व्यक्त गरेका छन् । मंगलवार एक बक्तव्य जारि गर्दै मुख्यमन्त्री पोखरेलले पहिरोमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको पोखरेलद्धारा जारी बक्तव्यमा उल्लेख छ । विपद् प्रभावित क्षेत्रमा उद्दारका लागि सुरक्षाकर्मी सहितको टोली सक्रिय रहेको उल्लेख गरिएको छ ।

प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको उल्लेख गरिएको छ । उद्धार र राहतलाई व्यवस्थित बनाउन सरकारी निकायबीच संयोजनको आवश्यक व्यवस्था मिलाइएको मुख्यमन्त्री पोखरेलद्धारा जारीबक्तव्यमा उल्लेख छ ।

विपदको बेला एकजुट भई उद्दार र राहतमा जुट्न म सबै राजनैतिक दल, संघसंस्था र आम नागरिकमा हार्दिक अपील गरेका छन् । पहिरोमा पुरिएर मृत्यु हुनेप्रति गुल्मी क्षेत्र नं २ सांसद एबं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले शोक बक्तब्य जारी दुख ब्यक्त गरेका छन् ।

जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घरमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सर्दशन बराल राहत सहित प्रभावित क्षेत्रमा लागेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D