जिल्ला समाचार

मालिका गाउँपालिका ६ अर्जेको आयोजनामा ४५ दिने बुटिक तालिम शुरु

टोपलाल अर्याल
गुल्मी, ३ बैशाख । मालिका गाउँपालिका ६ अर्जेको आयोजनामा ४५ दिने बुटिक तालिम शुरु भएको छ । महिलाहरुलाई सीप मार्फत आर्थिक रुपमा सवल र समृद्ध बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा वडा भित्रका २४ जना महिलाहरुको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष शोभाखर गिरीले तालिमलाई समय कटाउने थलो मात्रै नबनाउन सवै महिलाहरुलाई आग्रह गरे । उनले सीप र क्षमता मार्फत व्यक्ति स्वंम आर्थिक शसक्तीकरणसंग जोडिने भएकाले तालिमको अधिकतम सदुपयोग गर्न निर्देशन दिए । तालिममा प्रशिक्षक संगिता बिष्ट, पशुपति अर्याल, आशा बिष्ट र सावित्रा भण्डारीले ४५ दिनसम्म प्रशिक्षार्थीलाई बुटिक बनाउने विविध बिषयमा जानकारी गराउने छन् । तालिमको लागि वडा कार्यालयबाट एक लाख ५० हजार बिनियोजन भएको वडा सचिव गोकर्णराज पुरीले बताए । कार्यक्रम दिपिका बिष्टको अध्यक्षता तथा पुनकला अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

कृषी अभियान शुरु ः गाउँको उत्पादन शहरसम्म

अर्जेले सोमबारबाट साविकका सवै वडामा कृषी अभियान शुरु गरेको छ । अभियान मार्फत कृषकहरुलाई संगठित गर्ने, उत्प्रेरण प्रदान गर्ने, कृषी सहकारी स्थापना गर्ने र सवारी साधनको समेत व्यावस्था गरि गाउँको उत्पादन शहर पु¥याउने योजनाका साथ अभियान संचालन भएको वडाअध्यक्ष शोभाखर गिरीले बताए । साथै कृषी विमा प्रति किसानहरुलाई अभिप्रेरित गर्ने गरि घोषणा पत्र समेत पारित गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D