जिल्ला समाचार

मालिका गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाई बन्दै

सन्तोष महतारा
गुल्मी । मालिका गाउँपालिकामा सबै वडामा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई बन्ने भएका छन् । जसअन्तर्गत वडा नम्बर ५ छापहिलेमा सामुदायिक स्वास्थ्य इकाई लगत्तै बन्ने भएकाे छ । छापहिले साविककाे वडा नम्बर ८ र ९ काे संगमस्थल जाैछरे भन्ने स्थानमा सामुदायिक स्वास्थ्य इकाई बन्ने भएकाे हाे ।

मालिका गाउँपालिकाकाे तीन लाख आर्थिक सहयोगमा वडासँग सहकार्य गरि सामुदायिक स्वास्थ्य इकाई बन्न लागेकाे मालिका गाउँपालिका गुल्मीले जानकारी दिएकाे छ ।
सामुदायिक स्वास्थ्य इकाईबाट साविकको वडा नम्बर ८ र ९ का करिब २०० घरपरिवारले सेवा पाउने छन् ।

सामुदायिक स्वास्थ्य इकाईकाे मालिका गाउँपालिकासँग सम्झौता भएलगत्तै शुक्रबार देखि काम सुरु हुने छ । सामुदायिक स्वास्थ्य इकाई निर्माणकाे लागि समिति पनि गठन गरिएकाे छ ।
निर्माणकाे लागि जितेन्द्र बिष्टकाे अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएकाे सल्लाहकार निमा गिरीले जानकारी दिनुभएको छ ।

छापहिलेका वडा सदस्य टेक बहादुर बि.क, छापहिले स्वास्थ्य चाैकी इन्चार्ज देब बहादुर महतारा, शिक्षक निमा गिरी, चित्र बहादुर महतारा लगायतको उपस्थिति रहेकाे थियाे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D