जिल्ला समाचार

मालिका गाउँपालिकामा बोयर जातका बाख्रा वितरण

कपिल रेग्मी
गुल्मी, असार २६ । एकल महिला, विपन्न परिबार र अपाङ्गताहरूलाई बोयर जातका बाख्रा तथा वोका वितरण कार्यक्रम मालिका गाउँपालिका ३ ह्वाङ्दी गुल्मीमा सम्पन्न भएको छ ।
मुख्य मन्त्री ग्रामीण बिकास कार्यक्रमको आर्थिक सहयोग तथा मालिका गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अर्खबाङ्ग गुल्मीको आयोजना र पशु बिकास कार्यलय मालिका गाउँ पालिकाको स–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

वाड नं ३ का वडाध्यक्ष राजकुमार बिश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष देवाअर्याल रिजालको बिशेष आथित्यता रहेको कार्यक्रममा मालिका गा.पा वाड नं ४ का वाड अध्यक्ष हिरालाल अर्याल,मालिका गा.पा पशु साखा संयोजक झबिन्द्र धोज जिसि, कृषि शाखा संयोजक गोपाल भट्टराई,वाड नं ३ का कृषि प्राबिधिक सम्झना लम्साल वाड सद्स्य लालबहादुर थापा, भिम बहादुर बुढा, रुमा विश्वकर्मा, ईश्वरा कुमारी पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
प्रदेश नं ५ मुख्य मन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत मालिका गाउँपालिका वाड नं ३ का एकल महिला, विपन्न परिवार र अपाङ्गहरूको सहज जिविकोपार्जनको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ । उक्त कार्यक्रममा बयर जातका २७ वटा बाख्रा र ४ वटा बोका वितरण गरिएको थियो ।

पशु शाखा संयोजक झविन्द्र धोज जिसी को स्वागत मन्तव्यसंगै सुरु भएको उक्त कार्यक्रमको संचालन मालिका गाउँपालिकाका पशु प्राविधिक बसन्त राज भुसालले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D