जिल्ला समाचार

मालिका गाउँपालिकाका सबै वडामा बर्थीङ्ग सेन्टर, ५ वटा वडामा एम्बुलेन्स सेवा

सन्तोष महतारा
गुल्मी, जेठ २० । मालिका गाउँपालिकाले सबै वडामा वर्थीङ्ग सेन्टर स्थापना गरेकाे छ । गाउँपालिका भित्रका आठ वटै वडामा बर्थीङ्ग सेन्टरको स्थापना गरिएको हो । बर्थिङ सेण्टरको स्थापना पस्चात सुरक्षित प्रसुतिको लागि थप टेवा पुगिरहेको गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिनुभएकाे छ ।

त्यस्तै गाउँपालिकाका ५ वटा वडामा एम्बुलेन्स सेवा समेत विस्तार गरिएको छ । मालिका गाउँपालिकाका ५ वटा वडामा एम्बुलेन्स संचालनमा रहेको प्रवक्ता शोभाखर गिरीले बताए । गाउँपालिकाकाे वडा नम्बर ३ ह्वाङ्दी, वडा नम्बर ४ अर्खबाङ, वडा नम्बर ६ अर्जे, वडा नम्बर ७ घमिर र वडा नम्बर ८ मर्भुङ्गमा एम्बुलेन्स सेवा विस्तार गरेकाे गाउँपालिकाले जनाएको छ।

दुई वडामा सामुदायिक स्वास्थ्य केन्द्र समेत स्थापना भएका छन् जसका कारण नागरिकको स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि भइरहेको प्रवक्ता गिरीले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker