जिल्ला समाचार

मालिकामा सार्बजनिक सुनुवाई: प्राविधिक क्याम्पस र अस्पतालको माग

अनिल खत्री
२७ फागुन, गुल्मी । गुल्मीको एक सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्रहरीले प्राबिधिक क्याम्पस र अस्पताल माग गरेका छन् । जिल्लाको मालिका गाउँपालिका गुल्मीले अर्धवार्षिकी समिक्षा कार्यक्रम एबं सार्बजनिक सुनुवाई गाउँपालिकाको वडा नम्बर ४को ह्वाङदीमा राखेको थियो ।

गाउँपालिकाको आयोजना र नेपाल पत्रकारमहासंघ गुल्मीको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा सेवाग्रहीले पालिका स्तरिय प्राबिधिक शिक्षा सहितको क्याम्पस र अस्पताल निर्मााणमा ध्यानदिनुपर्ने माग राखेका थिए ।

सार्बजनिक सुनुवाइमा सेवग्रहीले पालिकाले साना तिन बजेट बितरणले काम भन्दा पनि दुरुपयोग बढेको, जनप्रतिनिधीले सेवग्रहीलाई राजनितिक व्यावहार गरेको गुनासाहरु राखेका थिए । बिभिन्न वडाहरुबाट कार्यक्रममा पुगेका सेवाग्रहीले गाउँपालिकाले धेरै जसो रकम डोजर लगाउने काममा छुट्टाएको, केहि उपभोक्ता समितिले काम नगरि बजेट दिइएको बिषयहरु उठाएका थिए ।

सेवाग्रहीले पालिका भित्रका धेरै जसो स्थानमा मोटरबाटोहरु पुगेपनि एकदमै साना बाटोहरु भएकाले त्यसतर्फ ध्यान दिन सुल्झाएका थिए । महिलाहरुको आयआर्जनका कार्यक्रममाहरुमा आगामी बजेटमा ध्यान दिनुपर्ने, जेष्ट नागरिक परिचय पत्र पालिकाबाट पाउनु पर्ने जस्ता विषयहरुमा गुनासो रोखका थिए ।

धेरै जसो सहभागिले बजेट बितरण र उपभोक्त्ता समिति गठनमा पक्ष बिपक्ष भइ व्यावहार नर्गन जनप्रतिनिधीलाई आग्रह गरेका थिए । गाउँपालिकाले वडा स्तरमा पनि सार्बजनिक सुनुवाई एबं प्रगती समिक्षा कार्यक्रम राख्नु पर्नेमा जोड दिएका थिए । प्रगती समिक्षा एबं सार्बजनिक गाउँपालिका अध्यक्ष रितबहादुर थापा, उपाध्यक्ष देवा अर्याल रिजाल, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल र गाउँपालिका भित्रका वडा अध्यक्ष एबं बिभिन्न विषयगत समितिहरुका संयोजक, बिषयगत कार्यलयका प्रमुखहरुले सुनुवाईमा उठेका सुझाव, एबं गुनासाहरुमा जवाफ दिएका थिए ।

सेवाग्रहीले उठाएका धेरै सुझावहरु एबं गुनासाहरुले आगामी दिनहरु गाउँपालिकाले गर्ने कार्यक्रमहरुमा धेरै सहयोग मिलेको बताएका थिए । गाउँपालिकाले राखेका यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि राखिने भएकाले त्यस्ता कार्यक्रममा सबैले सुझाव एबं गुनासाहरु भए खुलस्त रुपमा राख्न गाउँपालिका अध्यक्ष थापाले आग्रह गरेका थिए ।
उनले सेवग्रहीले उठाएका केहि महत्वपूर्ण बिषयहरुमा गाउँपालिका गम्भीर भएर लाग्ने बताएका थिए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले बिभिन्न शिर्षकका बजेटमा अर्धवार्षिक प्रगतीहरु, आगामी दिनमा गरिन लागिएका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराएका थिए ।
उनले मालिका गाउँपालिकाले भौभोलिक सुचना प्रणाली (जी. आई. एस.) को सुरुवात गरेको बताएका थिए । समग्र गाउँपालिकाको विकास गर्ने उदेश्यकले तयार पार्न लागिएको २० बर्षे ‘मास्टर प्लान’ को निर्माणका लागि यो प्रणाली संचालनमा ल्याएको गाउँपालिका प्रवक्त शोभाखर गिरीले बताए ।
जि.आई.एस्. प्रणालीमार्फत प्रत्येक व्यक्तिको व्यक्तिगत प्रोफाइल जस्तै व्यक्तिको आम्दानी, परिवार संङ्ख्या, घरदेखी वडा र गाउँपालिका कार्यलय जाने दुरी लगायतका कुराहरु जानकारी हुने कार्यक्रममा राखेका थिए । घरमा उत्पादन हुने अन्न, पालेका गाईवस्तु लगायतका पक्षहरु पनि प्रणालीमा नै अपडेट गराउने प्रमुख प्रशासकिय अधिकृत लेकनाथ पोख्रेलले बताए ।
गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय स्थल लगायतका पक्षहरु पनि प्रणालीमा समेटीने पोख्रेलको भनाई छ । सार्बजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष अनिल खत्रीले सहजी करण गरेका थिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker