जिल्ला समाचार

मालिकामा बालबिवाह अन्त्य सम्बन्धी जनचेतनामुलक सडक नाटक शुरु

अनिल खत्री
२ चैत, गुल्मी । समाजमा भईरहेको बढ्दो बालबिवाह अत्यका लागि गुल्मीको मालिका गाउँपालिकाले जनचेतना मुलक कार्यक्रम सुरुवात गरेको छ । गाउँपालिका भित्र रहेका बिभिन्न स्थानमा सडक नाटक मार्फत बालबिवाह अत्यका लागि कार्यक्रम सुरुवात गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

आर्थिक सामाजिक हिसावले पछाडी परेको मालिका गाउँपालिकामा बालबिवाह बढदो क्रममा रहेको छ । उमेर नपुगी बिवाह गर्दा बिभिन्न समस्याहरु देखा पर्दै जान थालेपछि गाउँपालिकाले बालबिवाह अत्यका लागि सडक नाटक मार्फत जनचेतना मुलक कार्यक्रम गर्न थालेको हो ।

गाउँपालिकाका अधिकांश ग्रामीण बस्तीहरुमा बाल विवाहले जरा गाडेको छ । मलुकी संहिता ऐनले २० वर्ष मुनिको विवाहलाई मान्यता दिएको छैन । तर पनि लुकी छिपि भागेर २० वर्ष भित्रै बिवाह गर्ने क्रम बढिरहेको छ । उमेर नपुगी गरिने बालबिवाहले जन्मीने बच्चा बच्चीहरु अपाङ्गगता भएर जन्मीसकेपछी तथा सुत्केरी अबस्थामै आमा र बच्चाको ज्यान समेत जाने गरेकाले त्यसको अत्य गर्न सडक नाकट गरिएको गाउँपालिकाका प्रवक्त गिरीको भनाई छ ।

गाउँपालिकालाई आगामी ३ वर्ष भित्र बालबिवाह मुक्त पालिका घोषण गर्ने उदेश्यले जनचेतना मुलक कार्यक्रम गरिएको प्रवक्ता गिरीले बताए । पालिकाका बिभिन्न १६ वटा स्थानमा गरिने सचेतना मुलक सडक नाटक चैत ५ गतेसम्म चल्ने छ । सडक नाटकमा राष्ट्रिय स्तरका कलाकारहरुले उमेर नपुगी बिवाह गर्दा हुने कानुनी तथा स्वास्थ्य असरहरुको बारेमा सन्देश मुलक प्रस्तुतीहरु दिने गरेका छन् । सचेतना मुलक सडक नाटकमा पालिका भित्रका १५ वर्षदेखि २० वर्ष भित्रका युवायुवतीहरु, स्थानीय राजनितिक दल, शिक्षक तथा स्थानीयको सहभागितामा कार्यक्रममा समाबेश गरिएको गाउँपालिकाले जनाएको छ ।

नाटकमा बालविवाहले पार्ने समस्याको बारेमा चित्रण गरिएको थियो । सडक नाटकको सोमबार नेटादर्लिङ्गमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष रितबहादुर थापाले शुभारम्भ गरेका थिए । उनले पालिका भित्र भइरहेका बालबिवहा अत्य गर्न सबैले हातेमालो गरेर अगाडी बढनुपर्नेमा जोड दिए । सचेतना मुलक सडक नाटकमा उमेर नपुगी विवाह गर्नाले शारिरीक, मानसिक र सामाजिक रुपमा जीवनमा पर्ने असरबारे नाटकबाट प्रस्तुती दिने गरिएको छ । गाउँपालिकाको आयोजनामा गरिएको सचेतना मुलक कार्यक्रमको मालिका समाज कल्यण परिषदले सहकार्य गरेको छ । सचेता मुलक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देबा अर्याल, निमित्त प्रमुख प्रसासकीय अधिकृत बसन्तराज भुसाल लगायतको सहभागित रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D