जिल्ला समाचार

मालिकामा पनि शुरु भयो प्रधानमन्त्री राेजगार कार्यक्रम, १२६ लाई राेजगारी

सन्तोष महतारा
गुल्मी, जेठ २४ । गुल्मीको मालिका गाउँपालिकाले पनि प्रधानमन्त्री राेजगार कार्यक्रम सुरूवात गरेकाे छ । शुक्रबार मालिका गाउँपालिकाले विभिन्न विधामा छुट्टाएर एक सय २६ जनालाई नियुक्ति पत्र दिएर कार्यक्रम सुरु गरेकाे हाे ।

मालिका गाउँपालिका प्रमुख रित वहादुर थापाले नियुक्त पत्र दिदै कार्यक्रमकाे सुरुवात गर्नुभएकाे थियाे । मालिका गाउँपालिकाभित्र बेराेजगार सुचिकृत भएकाबाट अति निम्न गरिबीहरुलाई छानेर अहिले राेजगार एक सय २६ जनालाई राेजगारी दिइएकाे मालिका गाउँपालिका प्रवक्ता शाेभाखर गिरीले जानकारी दिनुभएकाे छ ।

गाउँपालिकाले संख्या नै भनेर नछुट्टाए पनि माेटरबाटाे मर्मत, घाेडेटाे बाटाे मर्मत, खानेपानीकाे मर्मत, सिँचाइ ब्यबस्थापन, गाउँपालिका भित्रका विद्यालयमा पुगेर त्यहाँकाे भाैतिक संरचनालाई ब्यबस्थापन गर्ने भन्दै सबै वडाबाट बराबर संख्यामा मिलाएर राेजगार दिएकाे छ ।

मालिका गाउँपालिकामा अहिलेसम्म दुई हजार एक सय ४६ ले बेरोजगार फाराम भरेका थिए । त्यसबाट छानेर केहिलाई राेजगारी दिइएको र अरुलाइ गाउँपालिकाले अाउँदाे बर्षमा ब्यबस्थापन गर्ने प्रवक्ता गिरीले बताउनुभएको छ ।

गाउँपालिकाले राेजगारी दिँदा स्थानीय खुसी भएका छन् । गाउँपालिकाले पनि बेरोजगार फाराम भर्ने सबैलाई स्थान दिने साेच बनाएकाे गाउँपालिकाले जनाएकाे छ । राेजगार दिएकाहरु आजैबाट काममा खट्ने छन् । प्रतिदिन पाँच सय १७ रुपैयाँ का दरले गाउँपालिकाले तलव दिने छ ।

गाउँपालिकाले दिएकाे राेजगारमा महिलापुरुषकाे बराबर तलव हुनेभएपछि महिलाहरु पनि निकै हर्षित बनेका छन् । गुल्मी सदरमुकाम तम्घास बाट गाउँपालिका केन्द्र सम्म पुग्ने ठाउँ वडा नम्बर सात घमिरमा बाटाे धेरै अप्ठ्यारो भएकाे भन्दै, साेही बाटाे मर्मतको लागि पनि गाउँपालिकाले कर्मचारी छुट्टाएकाे छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D