मालिकाको शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न, ६५ लाख रुपैँया संकलन

कौरव खत्री
गुल्मी, ५ कार्तिक । गुल्मीको मालिका माध्यमिक विद्यालयमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न भएको छ । मालिका गाउँपालिका ८ स्थित रहेको मालिका माध्यमिक विधालयले गत असोज २७ देखि शुरु भएको महायज्ञ सोमवार सम्पन्न भएको हो ।

विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विधालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थको लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञभरमा विद्यालयको लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट करिव ६५ लाख आर्थिक संकलन भएको महोत्सव सचिवालय स्रोतले जनाएको छ ।

साथै विद्यालयको लागि आर्थिक सहयोग गर्ने सहयोगीहरुमा मालिका गाउँपालिका ८ का सुरेश पौडेलबाट १ लाख ६५ हजार रुपैँया, मदाने गाउँपालिका ३ का पुर्ण बहादुर जिसीबाट १ लाख ५७ हजार रुपैँया, समाजसेवी डाक्टर युवकध्वज जिसीबाट १ लाख ५६ हजार ५ सय रुपैँया, त्यस्तै समाजसेवी तुल्सीराम अर्यालबाट १ लाख ५१ हजार रुपैँया, समाजसेवी मिन बहादुर खड्काबाट १ लाख २१ हजार रुपैँया, मदाने गाँउपालिका ३ का समाजसेवी लोक बहादुर केसीबाट ५१ हजार ५ सय १ रुपैया र मालिका गाउँपालिका वडा न ८ का वडासदस्य पिताम्वर पौडेलबाट ५१ हजार, १ सय ७५ रुपैया लगायतबाट रकम संकलन भएको महायज्ञ सचिवालय स्रोतले बताएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ