जिल्ला समाचार

मालिकाका क्वारेन्टाईनहरुमा नेपाली काँग्रेसको अनुगमन: नागरिकका गुनासै गुनासा

मनोज कार्की
गुल्मी, जेठ २५ । नेपाली काँग्रेस मालिका गाउँपालिकाले पालिकाका सबै वडाहरुका क्वारेन्टाइको अनुगमन गरेको छ । शनिवार मालिका गाउँपालिकामा रहेका क्वारेन्टाइनमा पुगेर नागरिकको स्वास्थ्य अवस्था, खानेपानी शौचालय तथा खानाको ब्याबस्था लगाएतको अनुगमन गरिएको मालिका गाउँपालिका नेपाली काँग्रेस गुल्मीले जानकारी दिएको छ ।

अनुगमनमा सबै क्वारेन्टाइनमा बसेका नागरिकले बिभिन्न प्राबिधिक समस्या रहेको बताएका छन् । नागरिकले भनेका त्यस्ता प्राबिधिक किसिमका समस्यालाई तत्काललाई समधान गर्नेको लागि प्रशासन तथा जनप्रतिनिधिलाई आग्रह गरिएको मालिका गाउँपालिकाका छाया सरकार प्रमुख उपेन्द्र अर्यालले जानकारी दिए । मालिका गाउँपालिका छाया सरकार प्रमुख उपेन्द्र अर्याल,मालिका ६ वडाका सभापति दिपक भण्डारी, तरुण दल मालिका सभापति अशोक जिसि, मालिका सातका कार्यवाहक सभापति हरिनारायण लम्साल, सचिब डेम बहादुर खत्रि, मालिका आठका सभापति मुक्तीराम पौड्याल,क्षेत्र नं २ प्रदेश सभा २ ख का सभपति रेखा कुमार जिसि लगाएतको टोलीले अनुगमन गरेको थियो ।

मालिका गाउँपालिकामा ३३ जना महिला र २ सय ५५ पुरुष रहेका छन् । ३ सय ७० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
क्वारेन्टाइनमा बसेकाहरुलाई सामाजिक दुरी कायम गर्न , आत्मबल बढाउन, खानामा ध्यान पुर्याउन, स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीलाई खबर गर्ने लगाएत कोरोनाबाट बच्न आबश्यक परामर्श दिएको क्षेत्र नं २ प्रदेश सभा ख का २ का सभपति रेखा कुमार जिसिले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D