gulminews logo
मंगलवार, २०७९ असार १४

माओवादी केन्द्र गुल्मीको गाउँ–गाउँमा अधिवेशन, तीन तहमा नेतृत्व निर्माण

टोपलाल अर्याल
गुल्मी, ११ मंसिर । माओवादी केन्द्र गुल्मी जिल्लाका तीन स्थानीय तहमा नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक विर बहादुर कार्कीका अनुसार गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँकमिटी गठन गरिएको छ ।

उपाध्यक्षमा शेर बहादुर सरतुङ्गी, झक बहादुर विक र यम बहादुर पाण्डेय रहेका छन् । सचिवमा राजन रेश्मी, सह–सचिवमा कमल प्रसाद कंडेल र कोषाध्यक्ष शिला सरतुङ्गी रहेकी छन् । कमिटीले छ सदस्य मनोनयन गर्नेछ ।

त्यस्तै मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रेम बहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द थापा रहेको कार्कीले बताए । सचिवमा युवराज खरेल, सहसचिवमा प्रकाश चालिसे र कोषाध्यक्षमा दिपक खराल रहेका छन् ।

छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । छ सदस्य पछि मनोनित हुनेछन् । कमिटीको उपाध्यक्ष रामचन्द्र कडेल, रामप्रसाद पाण्डेय र तारापति ज्ञवाली रहेका छन् । त्यस्तै सचिवमा सरोज पाण्डेय, सहसचिव भागवत गिरी र कोषाध्याक्ष इन्दिरा पाण्डेय रहेका छन् ।

शनिबार रेसुंगा नगरपालिका, मदाने, मालिका, रुरु, सत्यवति, चन्द्रकोट र कालिगण्डकी गाउँ कमिटीको अधिवेशन हुँदैछन् । त्यस्तै १३ मंसिरमा धुर्कोट गाउँ कमिटीको अधिवेशन गर्ने कार्यतालिका रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।

धुर्कोट गाउँकमिटीको अधिवेशन लुम्बिनी प्रदेशमा मुख्य मन्त्री कुल प्रसाद केसी, रुरु क्षेत्र गाउँकमिटीको पुर्व मुख्य सचिव लिलामणी पौड्याल, कालिगण्डकी गाउँकमिटीको पुर्व मन्त्री दिनानाथ शर्मा, रेसुंगा नगरकमिटी र मालिका गाउँकमिटीको उद्घाटन पुर्व मन्त्री सुर्दशन बरालले गर्ने लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले बताए ।

यो पनि पढ्नुस्

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D