जिल्ला समाचार

माओवादी केन्द्र गुल्मीको ५८ वडामा सर्वसम्मत नेतृत्व, हेरौँ कहाँ कहाँ सकियो वडा अधिबेशन

हुमाकान्त पोखरेल
गुल्मी, ०४ मंसिर । नेकपा माओवादी केन्द्रको वडा अधिवेशन अन्तरगत जिल्लाका ५८ वटा वडामा नेतृत्व टुंगिएको छ । कुल ९३ वडामध्ये शनिबारसम्म ५८ वडाको अधिवेशन सम्पन्न भई नेतृत्वको समेत टुंगो लागेको हो ।

माओवादी केन्द्रको धुर्कोटका सात र मालिकाका आठ अर्थात सबै वडामा अधिवेशन सम्पन्न भएको छ । इस्मा गाउँपालिकामा वडा नम्बर १ र २ मा नेतृत्व चयन गरिएको छ भने चारवटा वडा बाँकी रहेका छन् । मुसिकोट नगरपालिकामा वडा नम्बर १ र ३ को वडा अधिवेशन सम्पन्न भएको छ भने बाँकी सात वटा वडामा अधिवेशन हुन सकेको छैन । बाँकीमध्ये वडा नम्बर २ र ४ को अधिवेशन चलिरहेको अखिल क्रान्तिकारीका सह–सचिव सुनिल न्यौपानेले जानकारी दिए ।

उता रेसुङ्गा नगरपालिकाका १४ वटा वडामध्ये ६ वटा वडाको अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर १, २, ७, ९, ११ र १२ मा नयाँ नेतृत्व टुंगो लागेको नेता अशोक थापाले जानकारी दिए । बाँकी रहेका आठओटा वडामा केही समयमै अधिवेशन सम्पन्न गर्ने थापाले बताए । मदाने गाउँपालिकाका सातमध्ये तीनओटा वडामा अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर २, ४ र ७ सर्वसम्मत नेतृत्व चयनसहित अधिवेशन सम्पन्न गरिएको नेता भरत चन्दले जानकारी दिए ।

गुल्मीदरबारका सात वडा वडामध्ये चारवटा वडामा कमिटी गठन गरिएको छ । जसमध्ये वडा नम्बर ४, ५, ६ र ७ मा नयाँ कमिटी गठन गरिएको छ । छत्रकोटका छ वटा वडामध्ये तीनओटामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नम्बर ३ हर्दिनेटा, ४ दिगाम र ५ खज्र्याङ्गमा नयाँ नेतृत्व चयनसहित अधिवशेन सम्पन्न गरिएको गाउँ कमिटी अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

रुरुक्षेत्र गाउँपालिकाको ६ वटा वडामध्ये पाँचवटा वडामा अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर १, ३, ४, ५ र ६ मा नयाँ कमिटी गठन गरिएको नेता यदु ज्ञवालीले बताए । चन्द्रकोटका आठओटा मध्य पाँचवटा वडामा नयाँ नेतृत्व चयन गरिएको छ । वडा नम्बर १, २, ६, ७ र ८ मा नयाँ नेतृत्व चयन गरिएको नेता गोकर्ण शर्माले जानकारी दिए ।

सत्यवतीमा वडा नम्बर १ देखि ७ सम्मका सबै वडामा कमिटी गठन गरिएको छ भने वडा नम्बर ८ मा कमिटी गठन गर्न बाँकी रहेको छ । कालिगण्डकीका सातमध्ये पाँचवटा वडामा नयाँ कमिटी गठन भएको छ । वडा नम्बर १, २, ३, ४, ६ र ७ मा नयाँ कमिटी गठन गरिएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक विर बहादुर कार्कीले बाँकी रहेका वडामा भोलीदेखि नै अधिवेशनको काम सुरु हुने प्रतिक्रिया दिए ।

केही ठाउँमा अहिले पनि कमिटी गठनको काम चलिरहेकोले केही दिनभित्रै वडा अधिवेशन सकिने उनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D