जिल्ला समाचार

महिला तथा वालवालिका कार्यालय गुल्मीले वार्षिक कार्यक्रमहरु सार्बजनिक

अनिल खत्री
गुल्मी कात्तिक २० । महिला तथा वालवालिका कार्यालय गुल्मीले वार्षिक कार्यक्रहरु सार्बजननिक गरेको छ । सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरि आर्थिक वर्ष २०७४÷०७५ मा गर्न लागेका बिभिन्न कार्यक्रमहरु सार्बजनिक गरेको हो ।

कार्यालयले बिबिध कार्यक्रमहरु सहित कुल रु २ करोड वढिको कार्यहरु गर्न लागेको सार्बजनिक गरेको थियो । कार्यालयबाट उपल्लो तम्घासमा बन्न लागेको भवनको लागी रु १ करोड र अन्य कार्यालयबाट हुने कार्यक्रमहरुको लागी रकम बिनियोजन भएको महिला तथा वालवालिका कार्यालय गुल्मीले जनाएको छ ।
एक वर्षमा कार्यालयबाट मानव बेचबिखन,लैङ्गिक हिंसा, बालवालिका अधिकार, महिला सशक्तिकरण,जेष्ठ नागरिक,अपाङ्गताको क्षेत्रमा कार्य लगायतका महत्वपूर्ण कार्यक्रमहरुको लागी रकम खर्चिने कार्यालयले जनाएको छ । कार्यक्रममा लैङ्गिक तथा बालअधिकार मूलप्रवादीकरण समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीको अध्यक्षमा सम्पन्न कार्याक्रमम बिभिन्न कार्यालय संघ संस्थाबाट प्रमुखहरुको सहभागिता रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D