जिल्ला समाचार

महायज्ञको पुर्वसन्ध्यामा बृहत मोटरसाइकल र्‍याली

भाद्र २८ गतेदेखि सन्चालन हुने महायज्ञको पुर्वसन्ध्यामा शनिबार बृहत मोटरसाइकल र्‍याली सम्पन्न भएको छ ।सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सम्बोधन गर्दै यस्ता किसिमका धार्मीक क्रियाकलापले जिल्लाको पहिचानमा थप टेवा पुग्ने बताउनुभयो । रिडिका वरिष्ठ दानवीर पशुपती प्रसाद अमात्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख वाचक बाल योगेश्वर माहाराजले यज्ञ सम्पन्न गर्न सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

यो महायज्ञ नेपालमा पहिलो भएको र सबैले थाहा पाउन पर्नेमा आयोजकले जोड दिएको छ । १८०भन्दा बढि मोटरसाइकल, बाजागाजा, भजन कृतन, झाँकीसहित १२ वटा ठुला सवारी साधनमा भक्तहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

महायज्ञमा झन्डै १० लाख भक्तजन आउने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोल्दै विव विख्यात बाल योगेश्वर महाराजले टाढाका तिर्थ यात्रीहरुलाइ यातायात, भोजन र आवासको व्यवस्था गरिने जानकारी गराउनु भएको छ । कार्यक्रमको भाद्र २८ गतेका दिन हेलिकप्टरबाट पुष्पवृष्टी गरी कलश यात्राका साथ कार्यक्रम उद्घाटन गरिने छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D