जिल्ला समाचार

मन्त्री ज्ञवाली तेस्रो पटक के के राहत लिएर गुल्मीको पहिरो प्रभावित क्षेत्र पुगे?

अनिल खत्री
३१ साउन, गुल्मी । गुल्मीको सत्यवतीका पहिरो पिडितहरुको लागि राहत लिएर तेस्रो पटक पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रभावित क्षेत्रमा पुगेका छन् । शुक्रवार मन्त्री ज्ञवाली सहित बिभिन्न संघ संस्थाका प्रमुखहरु अस्थायी आवासलाई आबश्यक पर्ने राहत सामाग्री सहित पुगेका थिए । गत साउन ७ गते राति गएको पहिरोले ठूलो जन धनको क्षती गरेको थियो । पहिरोले ठूलो क्षेती पुराएपछि यस अघि पररामन्त्री ज्ञवाली २ पटक हेलिकप्टर मार्फत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा पुगेका थिए ।

प्रभावितहरुको लागि अस्थायी आवासमा बस्नका लागि आबश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु सहित हस्तातरण गरिएको हो । स्कुलमा बस्दै आएका पहिरो पिडितहरुको लागि आबश्यक १ सय २० वटा सेट किचनकिट (४६ वटा आइटम भएका सामाग्रीहरु) प्रभावितलाई बितरण गरिएको सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० लाई पीडित र प्रभावितहरुलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ । रोटरी क्लव मार्फत उपलब्ध गराइएका अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १ सय २० वटा टेन्ट, १ क्विण्तल चिउरा ५० केजी सोयावडी लगायतका सामाग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीले प्रभावितलाई हस्तातराण गरेका हुन् ।

शुक्रवार ८२ जनालाई हस्तातरण गरिएको हो । परराष्ट्रमन्त्री ज्ञवाली मार्फत अस्थायी आवासका लागि आबश्यक सामाग्रीहरु थप बाटोमै आउने क्रममा रहेको गाउँपालिकाले जनाएको छ । अस्थायी आवासको लागि सामाग्री हस्तातरणमा ज्ञवाली सहित प्रदेश ५ का सांसद दिनेश पन्थी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष लगायत नेकपा गुल्मीका जिल्ला स्तरिय नेताहरु बिभिन्न सुरक्षा निकायका प्रमुखहरु पनि पुगेका थिए । सामाग्री हस्तातरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले प्रभावितहरुको उचित व्यवस्थापन गर्न सरकार जिम्मेवार ढंगबाट लागि परेको बताए । मन्त्री ज्ञवालीले पहिरो प्रभावितहरुको अस्थायी आवास देखि दिर्घकालिन समाधानको लागि पनि योजना बनाएर अघि बढिने बताए । प्रभावित क्षेत्रमा मन्त्री ज्ञवालीले राहत बितरणमा नेपाल सरकारसँगै रहेको बताए ।

घरबास गुमाएकाहरु र जोखिमपूर्ण बस्तीमा बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवास निर्माण गर्न तिनै तहको सरकारको भूमिका रहने ज्ञवालीले बताए । हाम्रा बस्तीहरु असुरक्षित, अव्यवस्थित बस्तीहरु रहेकाले सरकारले पनि नागरिकलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने सरकारको पनि निति रहेकाले जोखिम बस्तीहरुलाई सुरक्षित ठाउँमा आवास निर्माण गरिने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D