मनकारी मोहन ः जसले भेट्याएर पनि फिर्ता गरे ७५ हजार

हुमाकान्त पोखरेल
२६ कार्तिक, गुल्मी । इश्मा गाउँपालिका १ हस्तिचौैरका गोमा मुखिया घरमा एक्कासी फेन्ट भइन् । उनलाई उपचारको लागि तम्घास ल्याइदैँ थियो, तर बाटोमै निधन भयो । उनको अन्त्यष्टिको लागि साहाघाट पु¥र्याइयो । गाउँका सबैजना साहाघाट गए । सँगै उनका ६८ बर्षिया ससुरा तिल बहादुर मुखिया पनि । आफू बिरामी पर्दा भनेर गाउँमै काम गरेको रकम जम्मा गरेका थिए । तर बुहारी बिरामी परेपछि उनले त्यहि रकम दिन भनी गोजामा ७५ हजार राखेका थिए । साहाघाट जाँदै गर्दा उनको पैसा हरायो ।

साहाघाट छल्दि शिर्पु नजिकैबाट भैलो खेल्दै एक समुह आफ्नै गतिमा थियो । त्यहि समुहभित्रका १८ बर्षिया मोहन महतले त्यो रकम फेला पारे । आजकालका सबैजसो युवाहरु रकम भेट्याएपछि आफ्नै गोजामा राख्ने गर्दछन् । तर ति मनकारी मोहनले इमानदारितापूर्ण तरिकाले ७५ हजार तिल बहादुरलाई नै फिर्ता गरे । रकम भेट्याएको झण्डै आधा घण्टापछि उनले रकम प्रदान गरे ।

‘पैसा भेटाएपछि राख्न मन लागेन, कस्को होला भन्ने लागेको थियो ।’ मोहनले भने, ‘गाउँकै बाजेको रहेछ, खुसिसाथ प्रदान गरे ।’ साथै उनले भेटाएको रकमले नभई आफैले परिश्रम गरेको रकमले मात्र आफ्नो उन्नति हुने प्रतिक्रिया दिए । त्यस्तै तिल बहादुर पनि रकम पाएपछि खुसि छन् । ‘बुहारीको मृत्युको खबरले धेरै दुखि थिए, त्यसैमाथि पैसा पनि हराउदा झन् चिन्ता लागेको थियो ।’

उनले भने, ‘मोहनले भेटाएर दिएर धेरै गुन लगाएका छन् ।’ मोनको यो कामप्रति धेरै खुसि भएका छन् । ‘आजकलका अधिकाशं मानिसहरुमा स्वार्थीपना बढ्दै गइरहेको छ ।’ इश्मा २ हस्तिचौरस्थित देविस्थान माविका शिक्षक बाबुराम पन्थीले भने, ‘मोहनले अरुलाई पनि इमानदारि बन्ने प्रेरणा दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ