कोरोनाजिल्ला समाचार

मनकारी गुल्मेली राष्ट्रसेवक : अभावमा पिपिइ दिए

टोपलाल अर्याल
गुल्मी, ११ चैत। दुई राष्ट्रसेवक कर्मचारीले गुल्मी अस्पताल तम्घासलाई अत्यावश्यक सामग्री पिपिइ प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय र अहिले बारा जिल्लामा कार्यरत शाखा अधिकृत हुम पाण्डेयले कोरोना भाइसर बिरुद्ध परिचालन हुने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिइ प्रदान गरेका हुन् ।

जिल्लामा यो सामग्री नभएका कारण संक्रमित फेला परे स्वास्थ्यकर्मी थप जोखिममा पर्ने अवस्था रहेको थियो । दुवै मनकारी राष्ट्रसेवकहरुको यो कार्यले स्वास्थ्यकर्मी खुसी भएका छन् । गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले यो सामग्री स्वास्थ्यकर्मीको लागि अति–आवश्यक भएकाले बिपद्मा सहयोगीहरुको प्रशंसा गरे । भने जिल्लामा अत्यावश्यक तर नेपाली बजारमा अभाव भएका कारण भारतबाट पिपिइ मगाएर सहगोग गर्न पाएकोमा आफुहरु पनि निकै खुसी भएको पाण्डेयले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पाण्डेयले ८ थान पिपिइ प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई प्रदान गरेका थिए । मंगलबारनै प्रमुम जिल्ला अधिकरी शर्माले गुल्मी जिल्ला अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई ६ थान पिपिइ प्रदान गरे । दुई थान स्टकमै राखिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D