gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

मधुको उपचारमा गुल्मी प्रहरीको एक लाख बढि सहयोग, दुवै मृगौला फेल भएपछि सहयोगको याचना

टोपलाल अर्याल
गुल्मी, ५ फागुन । दुवै मृगौला फेल भएपछि मधुको शारिरीकसंगै परिवारको मानसिक पीडामा गुल्मी प्रहरीले मलहम लगाएको छ । ट्राफिक प्रहरीमा कार्यरत गुल्मीको इस्मा गाउँपालिका ४ दोहली ढाँडका २२ बर्षीय मधु खत्री अहिले अस्पतालको शैयामा छन् । उनको उपचारमा गुल्मी प्रहरीले एक लाख छ हजार दुई सय ७० रुपैयाँ सहयोग गरेको हो ।

बिहिबार जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले मधुको आमा पुनकला खत्रीलाई रकम हस्तान्तरण गरेका छन् । उनले स्वास्थ्य लाभको कामना गर्दै मधु र परिवारको पीडामा आफुहरु पनि संगै भएको महसुस गराउन सहयोग गरेको बताए । जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र मातहतका सवै युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीबाट स्वतस्फूर्त संकलित रकम हस्तान्तरण गरिएको भट्टराईले बताए । ‘साथ र सहयोग बिपद् र दुखमा हो । हामी पनि प्रहरी संगठनभित्रको सदस्य मधुको दुखले पीडा महसुस भएको छ,’उनले भने,‘उनको स्वास्थ्य लाभको कामनासहित सहयोग गरेका छौ ।’ भएहामी त्यस्तै मधुको उपचारमा सशस्त्र प्रहरी नायक उपरिक्षक अशोक कुमार लम्सालले नगद पाँच हजार सहयोग गरेका छन् ।

एउटा राष्ट्रसेवक कर्मचारी आर्थिक अभावको कारण उपचारको लागि छटपटिएको पीडामा सानो सहयोग गरेको लम्सालले बताए । सहयोग रकम बुझ्दै मधुकी आमा पुनकला खत्रीले गुल्मी प्रहरीका कारण ठुलो राहतको सास फेर्न पाएको बताइन् । मधुको मृगौला फेल भएका सात महिना सुरु भए । जसका कारण बुवा ५८ बर्षीय प्रेम बहादुर खत्री मृगौला दिने योजनामा छन् । उपचारमा करिव १५ लाख लाग्ने अस्पतालले जनाएको छ । परिवारसंग गाउँको रुखो बारी बाहेक केहि छैन् । छोराको भविष्य र आर्थिक समस्याको कारण परिवार संकटमा परेको छ । मधु राष्ट्रसेवाको सपना बोकेर ट्राफिक प्रहरीमा प्रवेश भर्खरै दुई बर्ष पुगेका छन् ।

गत असारमा बिहे गरेका थिए । काँधमा देश र परिवारको कर्तव्य । त्योसंगै हुर्किदै गरेको जोडी र माया । दम्पतीसंग उमेर र परिस्थीति अनुसारका कैयन योजना थिए होलान । दैव निष्ठुरी बन्यो । उनलाई बिहे गरेकै दुई महिनामा ठुलो स्वास्थ्य समस्या देखियो । खत्री काठमाण्डौ स्थित वग्गीखानामा कार्यरत थिए । पिसाबमा केहि समस्या आएपछि परिक्षण गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो । शरिर मात्रै कम्जोर भएन । सपनामा समेत चोट प¥यो । तर, सामना नगर्नुको अर्को बिकल्प देखिएन । सामान्य परिवारका खत्री । जसलाई जटिल स्वास्थ्य समस्या देखियो ।

मधुका दुवै मृगौला फेल भएपछि परिवार पीडाले बिक्षिप्त भएको छ । उनले केहि उपचार प्रहरी अस्पतालमा गरे । तर, अबका उपचार आफैले गर्नुपर्ने छ । अस्पतालले प्रत्यारोपण गर्ने बेलासम्म करिव १५ लाखको जोहो गर्न आग्रह गरेको खत्रीले बताए । राष्ट्रसेवकको पनि उपचार सरकारले गर्दैन । उनको घरखेत गरे पनि १५ लाख पुग्दैन् । मधुले प्रहरी युनिटहरु र केहि साथीसंगीहरुले अभियान संचालन गरिरहेकाले सवैलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

‘अहिले मैले देखेको सपनाभन्दा बाँच्ने कुरा ठुलो रह्यो । सरकारले केहि गर्दैन रे इष्टमित्रहरुको आर्शिवाद र सहयोग पाए बाँच्ने हो,’उनले भने,‘गुन फर्काउन सकौला वा नसकौला कृपया सहयोग गर्नुहोला ।’ मधु खत्रीको राष्ट्रिय बाणिज्य बैंकको खाता नं ३१००१००००१२८८१०४ मा सहयोग गर्न सकिने छ । सम्पर्क नम्बर ९८४०५८४९१० मा सम्पर्क गर्न सकिनेछ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D