gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा चैत ९ देखि नि:शुल्क दन्त शिविर सुरु हुदै

विवश विष्ट
गुल्मी, ०७ चैत। गुल्मीको मदाने गाउँपालिका स्थित मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर हुने भएको छ । विशेषज्ञ डाक्टरहरुद्वारा चैत ९ गते देखि चैत २३ सम्म दन्त शिविर हुने भएको हो । शिविरमा नि:शुल्क विशेषज्ञ जर्मनी डाक्टर द्वारा उपचार हुने बताइएको छ ।

बुधबार देखि सुरु हुने दन्त शिविर सँगै जनरल फिजिसियन लगायतको बिरामीहरुका लागि पुर्वनिर्धारित कार्यक्रम अनुसार उपचार सेवा संचालनमा छ । जनरल फिजिसियनको उपचार बैशाख १२ सम्म गरिने मधाने सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज यमलाल भुषालले जानकारी दिनुभयो । सो अवधीमा फिजिसियन सम्बन्धि सम्पुर्ण किसिमका उपचार गरिने छ । यसका साथै विभिन्न किसिमका रोगहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

नेपाल हेल्पद्वारा सञ्चालित मधाने सामुदायिक स्वास्थ्य केन्द्रले संचालन गर्न लागेको यस्ता विभिन्न रोगहरुका शिविरमा अधिक भन्दा अधिक बिरामीले लाभ लिने अपेक्षा गरिएको छ । मदाने गाउँपालिका साथै छिमेकी गाउँपालिकामा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई लक्ष्यित गर्दै जनरल फिजिसियन र दात सम्बन्धि गरि निशुल्क उपचार तथा शल्यक्रियाका सुविधाहरु सो शिविरमा प्रदान गरिने बताइएको छ ।

स्थानियहरुको मागलाई मध्येनजर गर्दै सेवा तथा सुविधा प्रदान गर्न यस स्वास्थ्य केन्द्रले विभिन्न समयमा विभिन्न फरकफरक खालका स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ । स्थानियहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै जर्मनी विशेषज्ञ डाक्टरबाट गाउँमै निशुल्क सेवा सुबिधा लिन पाउदा स्थानीय निकै उत्साहित भएका छन ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D