gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

मदाने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको दोस्रो साधारणसभा सम्पन्न

विवश विष्ट
गुल्मी, ५ फागुन । मदाने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । मदाने गाउँपालिकामा रहेका सम्पूर्ण स्वास्थ्य स्वयंसेविका आबद्ध रहेको यस समुहको दोस्रो साधारणसभा बिहिवार सम्पन्न भएको हो ।

मदाने गाउँपालिकाको केन्द्र पुर्कोटदह स्थित पुर्कोटदह स्वास्थ्य चौकीमा साधारणसभा सम्पन्न भएको हो । संस्थाकि अध्यक्ष कमला भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काको प्रमुख आतिथ्यता तथा मदाने गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोखरेलको विशेष आतिथ्य रहेको थियो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको हकहितका लागि स्थापित यश संस्थाले गरेका कामकारबाहीको विषयमा छलफल भएको थियो । संस्थाको नयाँ कार्यसमिति गठन भएको छ । कमला भट्टराईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको हो । मदाने गाउँपालिकाका ७ वटै वडाबाट सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरुको सर्वसहमतमा पुन: कमला भट्टराईलाई अध्यक्ष बनाइएको छ । त्यस्तै उपाध्यक्षमा कमला चन्द र राधिका केसी, सचिवमा ठगिकला भट्टराई र सहसचिवमा एश्वरा भुषाल सर्वसहमतमा चयन भएका छन । यस सँगै सबै वडालाई समेटी बाकी सदस्यमा चयन भएका छन ।

साधारणसभामा १९ सदस्यीय कार्यसमिती सँगै ७ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । जसमा सिर्जना खत्री घर्ती, सरिता खड्का, सरस्वता सेन, सिमा चन्द कुवर, बसन्ता केसी, हुमा थापा र सुर्या कुवारी कुवर रहेका छन । स्वास्थ्य स्वयंसेवीकाले समाजमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धि जानकारीमुलक कार्यक्रम गर्दै आएका छन । स्थानिय स्वास्थ्य चौकी सँग सहकार्य गर्दै समाजमा उल्लेख्य काम गर्दै आए पनि सम्बन्धित निकायले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई त्यति चासोपुर्वक नहेरेको महिला स्वास्थ्य स्वयंसेविकाहरुले गुनासो पोखेका थिए ।

साधारणसभामा बर्षभरीका आफुहरुले गरेका राम्रा कार्यहरुको मुल्यांकन समेत गरिएको थियो । नयाँ समितिलाई टीका लगाएर बधाई तथा शुभकामना दिइएको छ । कमला चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रम संचालन सचिव लक्ष्मी भुषालले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D