जिल्ला समाचार

मदाने गापाले वडा ७ लाई घोषणा गर्‍यो बाल विवाह मुक्त वडा

प्रेम सुनार
गुल्मी, असार २४ । गुल्मीमा पहिलो पटक एक वडाले वाल विवाह मुक्त वडा घोषणा गरेको छ । यहाँको मदाने गाउँपालिका वडा नम्वर ७, साविकको भनभने गाविसले आफ्नो वडालाई यस्तो घोषणा गरेको हो । त्यहाँका वडाध्यक्ष काँशीबहादुर बोहराले स्थानिय जनजागरण क्लवको आयोजनामा वाल विवाह मुक्त वडाको एक समारोहका विच घोषणा गरेका हुन् ।

मदाने गाउँपालिका उपप्रमुख शरिता खड्काको प्रमुख आतिथ्यतामा आयोजित घोषण सभामा ११ वर्ष देखिका वालिकाहरुलाई ललाई फर्काई विवाह गराउने र त्यसका नाममा वेच विखन समेत भएका खवर आई रहेका वेला यस्तो काय सह्रानिय भएको वक्ताहरुको भनाई थियो ।

छिमेकी जिल्ला प्युठानसंग जोडिएको उक्त गाउँपालिकामा वाल विवाह व्याप्त भए पछि त्यसलाई रोक्न वाल विवाह मुक्त वडा घोषणा गरिएको जन जागरण वाल सञ्जालका अध्यक्ष सुमन पन्थीले बताए ।

जिल्ला स्थित सिर्जनशिल सामुदायिक विकास केन्द्र तम्घासले उक्त वाल सञ्जाल मार्फत उक्त कार्यको सुरुवात गरेको जनाईएको छ । यस जिल्ला र छिमेकी जिल्ला प्युठान र बाग्लुङ्गमा ११ वर्षिया वालिका समेत आफै प्रेमी बोलाएर भागी विवाह गर्न थालेको समाचार आए लगत्तै युवाहरुले विभिन्न संघ संस्थाहरुले यस्तो अभियान छेड्न सुरु गरेका हुन् ।

गुल्मीमा साविकको गाउँ विकास समिति र जिल्ला विकास समितिले पुर्ण सरसफाई , पुर्ण खोप गाविस र जिल्ला घोषणा गरे पनि वाल विवाह र छुवाछुत मुक्ता गाउँ र जिल्ला घोषणा गर्न सकेका थिएनन । अहिले स्थानिय तहका जनप्रतिनिधीहरुले समेत छुवाछुत मुक्त गाउँ घोषणा गर्न खुट्टा कमाई रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D