जिल्ला समाचार

मदाने गाउँपालिकाले केन्द्र टुङ्गो लगायो, नीति कार्यक्रमसहित झण्डै ३९ करोडको बजेट पारित

टोपलाल अर्याल
गुल्मी, १० असार । मदाने गाउँपालिकाको केन्द्र टुङ्गो लगाएको छ । मदाने गाउँपालिकाको सातौ गाउँ सभाबाट मदाने गाउँपालिका ६ पुर्कोटदहको छिर्नेमा केन्द्र टुङ्गो लागेको हो । मदाने गाउँपालिकाका प्रमुख दान बहादुर केसीको प्रस्तावमा गाउँ सभाबाट सर्वसम्मत निर्णय भएको गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले जानकारी दिए ।

त्यस्तै मदाने गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट पनि गाउँ सभाबाट सर्वसम्मत पारित भएको छ । सभामा गाउँपालिका प्रमुख केसीले पशु र कृषिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरे । भने गाउँपालिका उपप्रमुख सरिता केसीले ३८ करोड ९३ लाख १५ बजेट प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

जसमा समानीकरणमा ९ करोड १८ लाख, सर्सतमा १९ करोड ५५ लाख, बिशेष अनुदानमा २ करोड, प्रदेश ५ को समानीकरणमा ५० लाख ५० हजार, राजस्व बाँडफाँड ४१ लाख ४१ हजार, संघको राजस्व बाँडफाँडबाट ९ लाख ९१ हजार र गाउँपालिकाको आन्तिरक स्रोत १६ लाख ४२ हजार रहेको भण्डारीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D