कोरोनाजिल्ला समाचार

मदाने गाउँपालिकाद्धारा राष्ट्रिय मापदण्ड अनुसार राहत वितरण, सात सय ७० परिवार लाभाम्बित हुने

टोपलाल अर्याल
गुल्मी, २६ चैत। जिल्लाको मदाने गाउँपालिकाले राष्ट्रिय मापदण्ड अनुसार राहत वितरण गरेको छ । अन्य स्थानीय तहले आफ्नै मापदण्ड बनाएका छन् । गुल्मीमा पहिलो स्थानीय तहको रुपमा मदाने गाउँपालिकाले सात सय ७० विपन्न परिवारलाई राष्ट्रिय मापदण्ड अनुसारनै राहत वितरण गर्न थालेको छ ।

मंगलबार र बुधबार गरेर मदाने गाउँपालिकाका छ सय ७० विपन्न परिवारलाई राहत वितरण गरिएको मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काले बताइन् । प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई लिटर तोरीको तेल, चार वटा सावुन र दुई किलो चिनी प्रदान गरिएको उपप्रमुख खड्काले जानकारी दिइन् । खाद्यान्य खरिद तथा वितरणको काम वडा कार्यालय आफैले गर्ने र अनुगमन गाउँपालिकाले गर्ने व्यावस्था मिलाइएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । उनले राहत बितरणलाई पारदर्शी बनाउन वडा स्तरमा सर्वदलित राहत वितरण समिति निर्माण गरेर सोहि समिति मार्फत लगत संकलन, खाद्यान्य खरिद तथा वितरण गरिएको भण्डारीले बताए ।

गाउँपालिकाका सात सय ७० बिपन्न परिवारलाई १७ लाख ५० हजार बराबरको खाद्यन्य सामग्री वितरण गरिएको उनले बताए । मदाने गाउँपालिका वडा नं १ अग्लुङ्गका एक सय १५, वडा नं ३ सिर्सेनीका एक सय १४, वडा नं ४ म्यालपोखरीमा एक सय आठ घर विपन्न परिवारलाई राहत वितरण गरिएको मदाने गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले जानकारी दिए ।

त्यस्तै वडा नं ५ मलागिरीका एक सय १६, वडा नं ६ पुर्कोटदहका एक सय छ र वडा नं ७ भनभनेका एक सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । वडा नं २ बाझकटेरीका एक सय विपन्न घरपरिवारलाई भने बिहिबार राहत वितरण गरिने सूचना अधिकारी पोख्रेलले बताए । राहत बितरणको राष्ट्रिय मापदण्डको परिणाम बढि भएकाले महङ्गो पर्छ । त्यहि कारण जिल्लाका अन्य स्थानीय तहले आफ्नै मापदण्ड बनाएर राहत वितरण गरिरहेका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker