शिवलाल सुवेदी
गुल्मी १९ वैशाख, जिल्लाको मदाने गाउँपालिकाले जिल्लामै सबैभन्दा बढी कानुन बनाएको छ । गाउँपालिकाको पहिलो र दोस्रो गाउँसभा तथा कार्यपालिकाको पूर्ण वैठकले गरि जिल्लाको स्थानीय तहहरु मध्ये सवैभन्दा बढी ऐन कानुन पारित गरेको हो ।
मदाने गाउँपालिकाले अहिलेसम्म करिव ४० वटा ऐन कानुन तथा कार्यविधी पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार बुधवार सम्पन्न दोस्रो गाउँसभाले ७ वटा ऐन कानुन पारित गरेको बताए । गाउँ कार्यपािलकाको पूर्ण गाउँसभाले मदाने गाउँपालिका प्रशासकीय कार्यविधी नियमित गर्ने ऐन २०७५, बजार अनुगमन २०७५, आर्थिक कार्यविधी नियमित तथा ब्यवस्थि तगर्न वनेको कानुन २०७५ र गाउँपालिकाको सहकारी ऐन २०७५ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । दोस्रो गाउँसभाले न्यायिक समिती ऐन २०७५, र मदाने गाउँपालिका एफएम रेडियो ब्यवस्थापन तथा सञ्चालन कार्यविधी २०७५ समेत पारित गरेको छ । दोस्रो गाउँसभामा पालिका उपप्रमुख सरिता खड्काले दोस्रो गाउँ सभाको कार्यसुचि प्रस्तुत गरेकी थिईन । सभाअध्यक्षले प्रस्तुत गरेको कार्यसुचिलाई दोस्रो गाउँसभाले बहुमतले पारित गरेको पालिकाले जनाएको छ । गाउँपालिकाले मिटरवक्स वितरण,दैवी प्रकोप ब्यवस्थापन, सिलाई मेसिन तथा आरन ब्यवस्थापन, सार्वजनिक लेखा परिक्षण, स्वास्थ्य उपचार विशेष सहयोग,जनता आवास कार्यक्रम,पशु सेवा कार्यक्रम सञ्चालन, मल विउ तथा औजार वितरण कार्यविधी लगायतका ऐन कानुन तथा कार्यविधीहरु ग्रि ४० भन्दा बढी पारित गरेको हो ।
बैशाखसम्ममा सम्झौता गरिएका योजना, कार्यक्रमको संख्या र रकम हेर्दा करिव ७५ प्रतिशत खर्च हुने अपेक्षा गरिएको भएपनि सन्तोषजनक काम नभएको पालिकाले जनाएको छ । हामीले यतिवेला ७५ प्रतिशत खर्च गर्ने लक्ष राखैका थियौ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने‘तर सोचेअनुसारको काम हुन सकेन ।’ भण्डारीका अनुसार उपभोक्ता समितीहरुवाट विकास निमार्ण लगायतका कामहरु भैरहेकाले असारमसान्तमा भुक्तानी लैजाने पुरानो परिपाटीले पनि सोचे अनुसार प्रगति नदेखिएको बताए । गाउँपालिकाले वार्षिक राजस्वका विभिन्न शिर्षकहरुवाट १८ लाख उठ्ने अनुमान गरिएकोमा हालसम्म ८ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।
यता गाउँपालिका प्रमुख दान बहादुर केसीले स्थानीय सरकारको काम कस्तो भन्ने छिट्टै अनुभव गर्न पाउने गरि कामहरु भैरहको बताएका छन । मदाने गाउँपालिकामा पूर्वाधार निमार्ण लगायत कृषि, पशुपालन, स्वास्थ्य, शिक्षाका क्षेत्रमा धेरै कामहरु भएका छन केसीले भने‘ कामहरु सञ्चालन भैरहेकाले सम्पन्न भैसकेपछि मात्र थाहा हुन्छ ।’ केसीका अनुसार पालिकाभित्रका खरका छाना हटाउने कार्यक्रम अन्र्तगत २ सय ५० घरपरिवारलाई प्रतिपरिवार ५ बण्डल जस्ता पाता वितरण गर्ने तयारी भैरहेको समेत बताए ।