मदानेमा माओवादी केन्द्रको कमिटी गठन

हुमाकान्त पोख्रेल
गुल्मी, १ भदौ । मदाने गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रको कमिटी गठन गरिएको छ । माओवादी केन्द्रको सोमबार सम्पन्न एक भेलाले प्रमे कुँवर अध्यक्ष तथा झक बहादुर ओलीको सचिव रहने गरी ३१ सदस्यिय वडा कमिटीको गठन गरेको हो । त्यस्तै भेलाले कमला थापाको अध्यक्षतामा १९ सदस्यिय अनेमसंघ क्रान्तिकारीको पनि गठन गरेको छ । जसको उपाध्यक्षमा हिमला सेन, सचिवमा सुमित्रा सेन लगायत अन्य सदस्यहरु रहेका छन् ।

भेलाले प्रत्येक टोल–टोलमा वाई.सि.एल्. गठन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, पार्टीको नियमित मासिक बैठक प्रत्येक महिनाको ११ गते बस्ने लगायतका निर्णयहरु गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्र मदाने गाउँपालिका इन्चार्ज वेगम चन्द (मनोज) ले नेकपा एकता, नेकपा विभाजन, विभिन्न मुद्धामा सर्वोच्चका फैसला, एमाले सरकारको बर्हिगमन, लुम्बिनी प्रदेशमा सरकार गठन लगायतका बिषयमा प्रष्ट पारेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ