जिल्ला समाचारस्वास्थ्य

मदानेमा नि:शुल्क दाँत सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, झन्डै ५ सय जनाले लिए सेवा

विवश विष्ट
गुल्मी, ३० माघ । मदानेमा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । नेपाल हेल्प बसुन्धारा काठमाडौंद्वारा संचालित मधाने सामुदायिक स्वास्थ्य केन्द्रद्वारा संचालित निशुल्क दन्तसम्बन्धि स्वस्थ्य शिविर शुक्रबार सकिएको हो ।

मदाने गाउँपालिका वडा न २ बाझकटेरीमा रहेको मधाने सामुदायिक स्वास्थ्य केन्द्र बाझकटेरी गुल्मीमा संचालन भएको निशुल्क दन्त शिविर यहीँ माघ १७ गतेदेखि सुरु भएको मधाने सामुदायिक स्वास्थ्य केन्द्रका ईन्चार्ज यमलाल भुषालले जानकारी दिनुभएको छ । यस शिविरमा गुल्मीका मदाने, धुर्कोट, इस्मा, मालिका सहित प्युठानका गौमुखी,झिमरुक, अर्घाखाँचीको मालारानी र बाग्लुङ्गका विभिन्न ठाउबाट उपस्थित भएका ४८० जना सेवाग्राहीले लाभ लिएको बताइएको छ ।

अन्त जादा धेरै झन्झटिलो तथा खर्चिलो हुदा गाउँघरमै रहेको स्वास्थ्य केन्द्रमा यस्तो प्रकारको सेवा सुविधा लिन पाउदा स्थानिय सेवाग्राहीहरुले खुसि व्यक्त गरेका छन । साथै अन्य समयमा पनि यस स्वास्थ्य केन्द्रमा ल्याब तथा भिडियो एक्सरे सेवा निशुल्क रुपमा रहेको हुदा सबैको रोजाईमा यो स्वास्थ्य केन्द्र परेको छ । यो सँगै विभिन्न अौषधीहरुमा ४० देखि ८० प्रतिशत छुट दिदै आएको स्वास्थ्य केन्द्रका इन्चार्ज भुषालले जानकारी दिनुभएको छ ।

जनताको माग बढी भएका कारण यो शिवर राखिएको बताइएको छ । बिकासको हिसाबले दुर्गम मानिने ठाउँमा यस्ता किसिमका शिविरले गरिव तथा पिछडिएका सर्बसाधारण जनतालाइ धेरै राहत पुगेको केन्द्रका इन्चार्ज भुषालले बतानुभएको छ । उहाँले भन्नुभयो,”कोरोना महामारीको समयमा रोकिएका विभिन्न स्वास्थ्य शिविरहरुलाई समेत प्रभावित भएका कारण अब यस्ता कार्यक्रमलाई निरन्तरता दिदै छौँ। अब छिटै आखा शिविर संचालन गर्ने तयारीमा छौँ ।”

जनचाहना र जन आवश्यकता अनुसार अन्य रोग सम्बन्धिका विभिन्न रोगहरु एवं विशेषज्ञ सेवा तथा शिबिर पनि निशुल्क रुपमै सन्चालन गर्न सकिने नेपाल हेल्पका कार्यकारी अधिकृत कृष्ण ढकालले बताउनुभएको छ ।

साथै दुर्गममा आएर सेवा प्रदान गर्न पाउदा डाक्टर हेमन्त ठाकुर खुशी र आत्मसन्तुष्टि भएको र आगामी दिनहरुमा पनि सस्थासङ्ग सहकार्य गरेर अझै सेवा दिन सकिने उहाले बताउनुभयो । यो शिविरमा सेवाग्राहीको दाँत सफा गर्ने, भर्ने तथा उखेल्ने काम मात्र भएपनि अर्को पटक देखि दातको (RCT ) जरैदेखि उपचार समेत गर्न सकिने डाक्टर ठाकुरले बताउनु भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D