gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

मदानेमा नि:शुल्क दाँतसम्बन्धी स्वास्थ्य शिविर संचालन, ४ जिल्लाका सेवाग्राहीले लिए सेवा

विवश विष्ट
गुल्मी, २३ माघ । मदानेमा नि:शुल्क दन्तसम्बन्धि स्वास्थ्य शिविर संचालन भएको छ । नेपाल हेल्प बसुन्धारा काठमाडौंद्वारा संचालित मदाने सामुदायिक स्वास्थ्य केन्द्रद्वारा संचालित नि:शुल्क दन्तसम्बन्धि स्वस्थ्य शिविर संचालन भएको हो ।

मदाने गाउँपालिका वडा न २ बाझकटेरीमा रहेको मदाने सामुदायिक स्वास्थ्य केन्द्र बाझकटेरी गुल्मीमा संचालन भएको निशुल्क दन्त शिविर यहीँ माघ १७ गतेदेखि सुरु भएको मदाने सामुदायिक स्वास्थ्य केन्द्रका ईन्चार्ज यमलाल भुषालले जानकारी दिनुभएको छ । यो शिविर माघ २९ गते सम्म संचालन हुने उहाँले बताउनुभयो । यस शिविरमा गुल्मीका मदाने, धुर्कोट, इस्मा, मालिका सहित प्युठानका गौमुखी, झिमरुक, अर्घाखाँचीको मालारानी र बाग्लुङ्गका विभिन्न ठाउबाट सेवाग्राही उपस्थित भैरहेका छन् ।

यस शिविरमा दैनिक ७० देखि ८० जनाले लाभ लिइरहेको स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । अन्त जादा धेरै झन्झटिलो तथा खर्चिलो हुदा गाउँघरमै रहेको स्वास्थ्य केन्द्रमा यस्तो प्रकारको सेवा सुविधा लिन पाउदा स्थानियहरुले खुसि व्यक्त गरेका छन । साथै अन्य समयमा पनि यस स्वास्थ्य केन्द्रमा ल्याब तथा भिडियो एक्सरे सेवा निशुल्क रुपमा रहेको हुदा सबैको रोजाईमा यो स्वास्थ्य केन्द्र परेको छ । यो सँगै विभिन्न अौषधीहरुमा ७० देखि ८० प्रतिशत छुट दिदै आएको स्वास्थ्य केन्द्रका इन्चार्ज भुषालले जानकारी दिनुभएको छ ।

इन्चार्ज भुषालले भन्नुभयो ” कोरोना महामारीको समयमा रोकिएका विभिन्न स्वास्थ्य शिविरहरुलाई समेत प्रभावित भएका कारण अब यस्ता कार्यक्रमलाई निरन्तरता दिदैछौँ। अब छिटै आँखा शिविर संचालन गर्ने तयारीमा छौँ ।”

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D