विवश विष्ट
गुल्मी, ४ असार । जिल्लाको मदाने गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता विकास सम्बन्धि र तालिम सुरु गरिएको छ । दुई दिन सम्म चल्ने तालिम शनिवार सुरु गरिएको हो ।
मदाने गाउँपालिकाको सभाहलमा शनिवार सुरु भएको सो कार्यक्रममा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको हो । कार्यक्रममा उपाध्यक्ष सरिता खड्का, प्रत्येक वडाका वडाअध्यक्षहरु तथा वडा सदस्यहरु र कर्मचारीहरु सो क्षमता विकास सम्बन्धि तालिममा सहभागी थिए ।
तालिममा प्रशिक्षणका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकिय अधिकृत ज्ञानकुमारी भुषाल र प्राध्यापक डाक्टर नारायण थापाको उपस्थित थिए । उनहरुले स्थानिय तह सञ्चालन सम्बन्धि लगायत जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धि सँग सम्बन्धित प्रशिक्षण दिएका थिए । कार्यक्रममा मदाने गाउँपालिकाका कर्मचारी डिल्लीराज भट्टराईले सहजीकरण गरेका थिए । तालिम आइतबार सकिने मदाने गाउँपालिका वडा न १ का वडा अध्यक्ष सुशील चन्दले जानकारी दिए ।








