जिल्ला समाचार

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया

हुमाकान्त पोखरेल
गुल्मी, २३ मंसिर । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था, गुल्मीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष पदम प्रसाद पाण्डेले नेपालमा भ्रष्टाचारको अवस्था, बेजुरु लगायतका बिषयमा जानकारी गराएका थिए । त्यस्तै गुल्मीका स्थानीय तहमा बेरुजुको अवस्था, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रणका कारण र बाधक लगायतका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै नागरिक तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुन्डिराज पोखरेलले पछिल्लो समय राजनीतिक दलका कार्यक्रम भड्किला बन्दै गएकोप्रति दुःख व्यक्त गरे ।

राजनीतिक दल र दलको नेता नसच्चिएसम्म भ्रष्टाचार नरोकिने भन्दै उनले सबै दललाई सुध्रन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले भ्रष्टाचार न्यूनिकरणमा सबै एकजुट हुन आवश्यक रहेको बताए । जिल्लामा हुने भ्रष्टाचार न्यूनिकरणको लागि स्थापना गरिएको भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले भ्रष्टाचार विरुद्ध र सुशानको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

संस्थाले अन्य सरकारी एवम् गैर सरकारी संस्थाहरुसँगको समन्वयमा विभिन्न आयोजनाहरुको अनुगमन, सरकारी कार्यालयमा हुने सेवा प्रवाहको स्थिति लगायतको बिषयमा आवाज उठाउदैँ आएको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षता, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका सचिव रामचन्द्र पन्थीको स्वागत मन्तव्य तथा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D