जिल्ला समाचार

भुकम्प पिडितको घर बनाउने भन्दा गुनासो धेरै, रकम फिर्ता गर्न सार्वजनिक सुचना

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा २०७२ सालको भुकम्पपश्चात नेपाल सरकारले पुनःनिर्माणका लागि पुर्ण रुपमा घर क्षति भएकाहरुको लागि तीन लाख रुपैयाँ अनुदानको ब्यवस्था गरेपश्चात घर बनाउनेभन्दा पनि गुनासो फारम भर्नेहरुको संख्या अत्याधिक भएको छ ।

राष्ट्रिय पुननिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय तम्घास गुल्मीमा कुल ४ हजार १४४ जनाको पुर्ण रुपमा घर क्षति भएको तथ्याङ्क छ भने तीमध्ये ३ हजार ९३४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । कार्यालयबाट दोस्रो किस्ता लिनेको संख्या भने १ हजार ८९६ रहेको छ । अन्तिम किस्ता लिनेको संख्याचाहिँ अत्याधिक न्यून अर्थात् ७१६ रहेको छ ।

यसरी हेर्दा गुल्मी जिल्लामा घर बनाउनेभन्दा पनि पहिलो किस्ता लिएर घर निर्माण कार्य नै सुरु नगरेको भन्ने स्पष्ट तथ्यांक पाउन सकिन्छ । जम्मा ७१६ जनाले मात्र घर निर्माण गरेका यसले जनाउँछ ।

गुल्मी जिल्लामा पुर्ण रुपमा क्षति भएका घरहरुलाई निर्माण गर्ने भन्दा पनि पुर्ण लाभग्राहीहरुबाट हामीहरु छुटयौँ भन्दै गुनासो फारम भर्नेको संख्या भने १ हजार ७१४ जना रहेको कार्यलयकी कम्प्युटर अपरेटर पार्वती खत्रीले जानकारी दिइन् ।

रकम फिर्ता गर्न सार्वजनिक सुचना

कार्यालयले भुकम्पबाट क्षतिग्रस्त भएको घरबाहेक नेपालभर अन्य ठाउँमा बस्नयोग्य भएका ब्यक्तिहरुले झुठा विवरण पेस गरी अनुदान लिएको भएमा पुस १५ गतेभित्र रकम फिर्ता गर्न र एक ठाउँभन्दा बढी अनुदान लिएको भएमा पनि अनुदान रकम फिर्ता गर्न भन्दै सञ्चारमाध्यमहरुबाट सार्वजनिक सुचना जारी गरेको अन्यथा सरकारी बाँकीसरह असुलउपर गरिने कार्यालयले जनाएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker