जिल्ला समाचार

भिरबाट लडेर दुवै खुट्टा भाँचिएकी महिलालाई जापानबाट आयो सहयोग

अनिश शर्मा गैरे
गुल्मी, १७ असार । परोपकारी काममा लामो समय देखी संलग्न भएको जनकल्याणकारी संस्था जापानले भिरबाट लडेरी घाइते भएकी एक महिलालाइ आर्थिक सहयोग गरेको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर २ की फुलमती कुमाललाइ नगद ३० हजार सहयोग गरीएको हो । संस्थाका निवर्तमान अध्यक्ष तथा संरक्षक हरि प्रसाद खराल, सदस्य नारायण खराल, सदस्य कमल खराल, पत्रकार प्रकाश घिमिरे, वामीका समाजसेवी नर बहादुर पौडेलको टोलीले उनकै निवासमा पुगी नगद सहयोग गरेको हो ।

फुलमती केही महिना अगाडी भिरबाट लडेर घाइते हुँदा दुवै खुट्टै भाँचिएका थिए । पाल्पामा उपचार गरी खुट्टामा रड राखीएको छ । सो बेलामा ६ लाख बराबर खर्च भएको र फेरी पनि रड निकाल्नुपर्ने हुँदा करिब ३ लाख खर्च लाग्ने बताइएको छ ।

उपचारको निम्ती लाग्ने रकमको कुनै उपाय भएपछि परिवार यतिवेला बिचल्लीमा छ । घरमा श्रीमान र श्रीमती मात्रै छन् । छोराछोरी छैनन् । श्रीमानको कुनै आम्दानीको श्रोत पनि छ्रैन । जसले गर्दा उपचारको निकै समस्या भएको उनका श्रीमानले बताए ।

उक्त परिवारमा पुगेको आर्थिक संकटको खबर थाहा पाएपछि जापानमा रहेका प्रवासी नेपालीहरुले थोरै भएपनि सहयोग पुर्याउने लक्ष्य सहित आर्थिक संकलन गरिएको संस्थाका संरक्षण खरालले बताए ।

उनले आगामी दिनमा पनि यस्तै खालका आपतविपतमा परेका व्यक्तिलाइ सहयोग गर्ने बताए । गाँउठाँउमा बिचल्लीमा परेका परिवारहरुको बिषयमा जानकारी भए आफुहरुलाइ भन्न आग्रह गर्दै उनले दुखीहरुको घाउमा मल्हम लगाउन आफुहरु सधै तत्पर रहने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D