जिल्ला समाचार

भिमगिठे-भुवाचिदी र्याफ्टिङ परिक्षण सकियो, शुक्रबार भुवाचिदीबाट-चन्द्रकोट गरिने

अनिश शर्मा गैरे
गुल्मी, १२ पौष । मुसिकोट नगरपालिकाले बडिगाड नदीमा विहिबार राफ्टिङ्गको परीक्षण गरेको छ । त्रिशुली नदीमा जलयात्रा गराइरहेको ७ सदस्यीय बिज्ञ टोलीको उपस्थितीमा बडिगाड नदीमा जलयात्रा गरीएको हो ।

विहिबार बडिगाड गाँउपालिकाको भिमगिठे देखी भुवाचिदी सम्मको जलयात्रा गरीएको थियो भने शुक्रवार भुवाचिदीबाट चन्द्रकोट सम्मको नदीको खण्डमा जलयात्रा गरीने बताइएको छ ।

बडिगाड नदीमा जलयात्राको प्रशस्त सम्भावना देखिएको जलयात्राको टोलीले निष्कर्ष निकालेको छ । नदीमा रहेका ठुला ढुँगा हरु मिलाउने र पानीको वहावलाइ केही ब्यबस्थित गर्न सकेको खण्डमा जलयात्राको माध्यमबाट प्रशस्त पर्यटक भित्राउन सकिने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । आगामी बर्ष केही रकम लगानी गरेर बडीगाड नदिमा राफ्टीङ्ग सञ्चालन गर्ने बिषयमा तयारी गरीने उनको भनाइ छ ।

rafting in gulmi

जलयात्रा गरीसकेपछिको आफ्नो अनुभव सुनाउदै नगरप्रमुख सापकोटाले पहिलो पटक जलयात्राको अनुभव लिएको र यात्रा रमाइलो भएको बताए ।

जलयात्रामा नगरप्रमुख सापकोटा सहित बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिँह पाइजा, मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारी, मुनपा ७ का अध्यक्ष प्रकाश काफ्ले, मुनपा ८ का अध्यक्ष नारायण सापकोटा, बडिगाड ६ का अध्यक्ष मौसम काजी क्षेत्री, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

टोली भोली सम्म रहने र भोली भुवाचिदी देखी चन्द्रकोट गाँउपालिका सम्मको जलयात्रा गरीने बताइएको छ ।
नगरपालिकाले चालु आथिक बर्षको नीति तथा कार्यक्रममा बडिगाड नदीमा राफ्टीङ्ग चलाउने भनी बजेट समेत बिनियोजन गरेको थियो ।
बडिगाड नदी राफ्टीङ्गको माध्यमबाट पर्यटन प्रर्वद्धन गरी प्रशस्त आम्दानी गर्न सकिने नदी हो ।

यस सम्पदाको सही सदुपयोग गरी स्थानीय सरकारको आम्दानी वृद्धि गर्ने तर्फ नेतृत्वको ध्यान गएको हो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker