मुख्य हेडलाईन

भारत र चिनका नागरिक अब नेपालबाट यात्रा गर्छन: सुदर्शन बराल

हुमाकान्त पोख्रेल
गुल्मी, २४ मङ्सिर । गुल्मी क्षेत्र नं. १ प्रदेश सभा “क” बाट निर्वाचित माओवादी केन्द्रका नेता सुदर्शन बरालले अब भारत र चिनका नागरिक अब नेपालबाट यात्रा गर्ने बताए ।आईतवार सदरमुकाम तम्घासमा आयोजित बामगठबन्दनको संयुक्त विजय सभालाई सम्बोधन गर्दै बरालले सो कुरा बताउनुभएको हो ।

“अबको १० बर्षभित्र कालिगण्डकी करिडोरलाई पिच गर्छौ, यस करिडोरलाई हामी चिन र भात जोड्ने मार्गको रुपमा विकास गर्छौ ।”, बरालले भने, “त्यसपछी चिन र भारतको ब्यापारिक मार्गका साथै गुल्मीको मुटुको रुपमा कालिगण्डगी करिडोरलाई विकसित गर्यौ भने गुल्मीलाई धेरै आर्थिक लाभ प्रप्त हुनेछ अनी भारत र चिनका नागरिक अब नेपालको मार्ग प्रयोग गर्दै यात्रा गर्नेछन्।”

त्यस्तै बरालले जिल्लाभित्रका महत्पपूर्ण सडक, खानेपानी आयोजना लगायतका विकासका पूर्वाधारहरुलाई समयमै पुरा गर्ने र यो जितले आफुलाई देश र जनताप्रति थप जिम्मेवारपनको बोध गराएको छ समेत बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D