भारतीय दुतावासको सहयोगमा गुल्मीलाई एम्बुलेन्स

कौरव खत्री
गुल्मी । भूतपूर्व सैनिक संगठन बडागाँउ मुसिकोट गुल्मीलाई प्राप्त एम्बुलेन्स स्थानिय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । भारतीय दुतावासको सहयोग स्वरुप प्राप्त एम्बुलेन्स संगठनद्धारा बडागाँउ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।

भारतीय दुतावासले आफ्नो स्वतन्त्रता दिवसको अवसरमा उक्त एम्बुलेन्स मुसिकोट नगरपालिका अन्तर्गत साविकको मुसिकोट र बडागाँउ गाविसका भूतपूर्व सैनिक संगठनलाई प्रदान गरेको मुसिकोट नगरपालिकाका भूतपूर्व सैनिक संगठनका अध्यक्ष सुवेदार मेजर शंकर रायमाझीले जानकारी दिए ।
ambulance musikot
दुतवासले भूतपूर्व सैनिक संगठनका लागि दिएको एम्बुलेन्स विहिवार संगठन मार्फत नगरपालिका मेयर सोमनाथ सापकोटाद्धारा बडागाँउ स्वास्थ्य संस्थालाई हस्तान्त्रण गरेका थिए ।

दुतावासले मुसिकोट नगरपालिका भूतपूर्व सैनिक संगठनका अध्यक्ष एवं मुनपा ३ का वडा सदस्य सुवेदार मेजर शंकर रायमाझीको सक्रितामा आएको एम्बुलेन्स स्वास्थ्य उपचार सेवामा गाँउ गाँउमा पुगेर विरामीहरुलाई सेवा पुर्‍याउन थालेपछि नगरपालिकाभित्रका वडा नं. १ देखि ५ नं. वडाहरु लगायत यस आसपास क्षेत्र र ग्रामिण इलाकाका जनताहरुलाई स्वास्थ्य उपचारमा थप सहजता भएको बडागाँउ स्वास्थ्य चौकीका प्रमुख मनोज श्रेष्ठले बताए ।

आफ्नै घर नजिकबाट एम्बुलेन्स सञ्चालन हुदा स्थानीयबासिन्दाहरु हर्षित भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ