भारतबाट फर्किँदा अलपत्र परेका गुल्मीका ७ जनाको उद्धार

सागर भण्डारी
गुल्मी, चैत्र २२ । भारतबाट फर्किँदा बुटवलमा अलपत्र परेका गुल्मीका ७ जनाको उद्धार गरिएको छ । भारतबाट आफ्नो घर गुल्मी फर्किने क्रममा बुटबलसम्म आएका उनीहरु लकडाउनका कारण अलपत्र परेको भन्ने खबर आफुले सुन्नासाथ त्यहाँस्थित एक होटलमा राखिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

भारतबाट सुनौलीसम्म गाडीमा र त्यसपछि पैदल हिँड्दै बुटबल आएका मुसिकोट नगरपालिका ४ का ७ जनालाई उद्धार गरेर होटलमा राखिएको उहाँले जानकारी दिनुभयो ।

तत्काल उनीहरुलाई ल्याउन पनि सम्भव नरहेको र नगरपालिकाले खर्च बेहोर्ने गरी होटलमा राखिएको उहाँले बताउनुभयो । उनीहरुलाई आफ्नो घरसम्म ल्याउनका लागि प्रयास भईरहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ