कोरोनामुख्य हेडलाईन

भारतबाट गुल्मी फर्केका दुई जनाको कोरोनाबाट मृत्यु

गुल्मी, १२ बैशाख । भारतबाट घर आउँदै गरेका गुल्मीका एक जना पुरुषको बीच बाटोमै र अर्का एक जनाको घर आएको एक हप्ता नबित्दै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका–२ पिपलधाराका ४२ वर्षीय पुरुषको भारतबाट घर आउँदै गर्दा भैरहवाको क्वारेन्टाइनमा र छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति होम क्वारेन्टाइनमा ज्यान गएको स्वास्थ्य कार्यालय कोभिड १९ का फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए । उनीहरुमा गत बिहीबार कोरोना पोजेटिभ रिपोर्ट देखा परेको जनाइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D