कोरोनाजिल्ला समाचारमुख्य हेडलाईन

भाडागाउँमा पहिरोले लाखौको क्षति

टोपलाल अर्याल
गुल्मी, २८ बैशाख। अविरल बर्षाले रेसुङा नगरपालिका ३ को भाडगाउँमा लाखौको क्षति पु¥याएको छ । शनिबार रातिको बर्षाले बाख्रेछेडा–बेवँरे–रातडाँडा सडकखण्डको थुप्रै स्थानमा क्षति पुगेको छ । सडक स्तरउन्नतीको काम भइरहेकाले सडकबाट पसेको भेलले स्थानीय शिवलाल कुवरको खेतमा ठुलो क्षति पुगेको छ । भेलले उनको खेतमान फल्न बेला भएको मकैसहितको खेत पुरेको छ । सोहि स्थानकै मैया केसीको घर जोखिममा पर्नुको साथै खोर पहिरोले भत्किएको छ । हाते ट्याक्टरसंगै थुप्रै तरकारी बाली नष्ट गरेको केसीले गुनासो गरिन् ।

पहिरोले ज्ञान बहादुर कुवरको पनि आठ÷नौ मुरी धान उत्पादन हुने खेत पहिरोले पुरेको छ । रेसुंगा नगरपालिका ३ का वडाध्यक्ष थम्मन बहादुर केसीले बर्षासंगैको भेलले ग्राभेल हुँदै गरेको सडक ध्वस्त हुनुको साथै किसानहरुको खेतबारी पुरेको बताए । भने केहि व्यक्तिका घरसंगै बिजुलीको हाइटेक्सन लाइन समेत जोखिममा रहेको केसीले बताए । उनले निर्माण व्यावसायीको लाप्रबाहीका कारण यो क्षति भएको आरोप लगाए । उनले सडकको कुनामा थुपारिएको निर्माण सामग्री र नाली तथा ढलको व्यावस्थापनमा कम्जोरी भएकाले ठूलो क्षति भएको बताए ।

साथै बर्षाले थुप्रै खानेपानी योजनाहरु समेत बगाएको वडाध्यक्ष केसीले जानकारी दिए । स्थानीयले आफुहरुको खेतबारीमा भएको क्षति र सडक तत्काल संचालन गर्न माग गरेका छन् । स्थानीय समेत रहेका नेपाली कांग्रेसका नेता पुर्ण केसीले बजेट भएर पनि निर्माण व्यावसायीले समयमै काम नगर्नु र गरेको काममा समेत नाली र ढलको उचित व्यावस्थापन नभएकाले किसनाको क्षतिपुर्ति र सडक निर्माण तत्काल नभए आन्दोलन गर्ने चेतावनी दिए ।

मदन भण्डारी सडक आयोजनाका निमित्त प्रमुख सुनित केसीले कार्यालयमा क्षतिपुर्ति दिने कुनै व्यावस्था नभएकाले निर्माण व्यावसायीसंग छलफल गर्नुपर्ने बताए । रेसुङा नगरपालिकाको उपमेयर सीता भण्डारीले बर्षासंगैको भेलले सडक र केहि कृषकहरुलाई ठुलो क्षति पुराएकाले दुवै पक्षसंग छलफल गरेर मागको संबोधन गर्न प्रयत्न गर्ने बताइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D